पोखरा, २२ चैत । ओम डेभलपमेन्ट बैंकले बिहीबार नवलपरासीको कावासोती र बर्दघाट शाखा सञ्चालनमा ल्याएको छ ।
कावासोती शाखा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका मेयर चन्द्रकुमारी पुनले कुमारवती बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृद्धि घोषणा गर्दै शाखा तथा शाखाको एटिएमको उद्घाटन गरिन् ।
उता प्रमुख अतिथि बर्दघाट नगरपालिकाका मेयर धीरज शर्मा बसेलले बर्दघाट शाखा उद्घाटन गरे ।
उनले दीपज्योति बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गरे ।
बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ ।
बंैकको हाल शाखा ५२, कर्मचारी ३ सय ९९, ग्राहक करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले जानकारी दिए ।पोखरामा केन्द्रिय कार्यालय रहेको बैंकका उपत्यकाभित्र ८ वटा शाखा तथा उपत्यका बाहिर ४० वटा शाखा र एउटा एक्सटेन्सर काउन्टर रहेको छ।बैकले ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाखसम्म प्रोफेशनल कर्जा प्रदान गर्दै आएको बैंकका अध्यक्ष सुशीलकुमार गोशलीले जनाए ।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९पोखरा मतगणना: धनराज र मञ्जुको अग्रता कायमै
जेठ ९, २०७९नौमती बाजाः जीतको पर्याय
जेठ ९, २०७९गण्डकीमा दलित नेतृत्व २ मात्रै
जेठ ९, २०७९