Worldlink ads

प्रदेश ४ मा नयाँ शक्तिको छुट्टै सरकार, आचार्य मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७४

पोखरा, २० चैत । नयाँ शक्ति पार्टीनेपालले प्रदेश ४ मा वैकल्पिक सरकार गठन गरेको छ । वैकल्पिक सरकारको नेतृत्व गर्ने जिम्मा गोरखाका सांसद हरिशरण आचार्यले पाएका छन् ।

आचार्य मुख्यमन्त्री रहेको मन्त्रिमण्डलमा अर्की सांसद धनमाया पोख्रेल लामा भौतिक पूर्वाधार मन्त्री बनेकी छन् । दुर्इ सांसदमात्रै जितेको प्रदेश ४ मा अरु मन्त्रीहरु नेतालाई बनाइएको छ, उनीहरु निर्वाचित होइनन् ।

लुम्लेमा भएको दुर्इदिने प्रदेश बैठकले आर्थिक मामिला तथा योजना मन्त्रीमा मोति रिजाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा खड्गबहादुर गुरुङ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा लक्ष्मी खाती परियार, आन्तरिक मामिला तथा कानूनमन्त्री गुणाखर बस्याल र सामाजिक विकास मन्त्रीमा गोपेन्द्रकेशरी न्यौपानेलाई बनाएको छ ।

पार्टीे यस प्रदेशअन्तर्गत ८४ वटै स्थानीय तहमा वैकल्पिक सरकार गठन गर्ने, प्रदेशअन्तर्गत विभिन्न आयोग, विभाग, आंगिक तथा पेशागत संगठनको समेत गठन र त्यसको जिम्मेवारी बाँडफाँड गरेको छ भने १ सय ९९ सदस्यीय प्रदेश परिषद गठन गरेको छ ।

कार्यक्रममा पूर्व प्रदेश इञ्चार्ज देवेन्द्र पराजुलीले राजनीतिक प्रशिक्षण दिएका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads