वीरेन स्मृति विटी कप जारी

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७४

हेमजा, २० चैत। दोस्रो वीरेन स्मृति १२ औं विटी कप सेभेन ए साइड फुटबल प्रतियोगितामा मंगलबार ९ खेल भए।

पहिलो खेलमा भीमकाली एफसी विजयी भयो । उसले नदीपुर एफसीलाई ४-० गोलअन्तरले पराजित गर्‍यो ।

त्यस्तै शीतलज्योतिले स्वस्तीक नेपाललाई ३-० गोलअन्तरले पराजित गर्दा अर्को खेलमा माइ पोखरा स्पोर्टस्ले रञ्जन मेमोरियल १६ लाई २-० ले पाखा लगायो ।

ढुंगेपाटन एफसी र लेकसाइट एफसीबीचको खेलमा २-१ गोलअन्तरले ढुंगेपाटन विजयी भयो ।

अर्को खेलमा एसवाईसी तनहुँले विटी जुनियरको चुनौती  ४-१ गोलअन्तरले समाप्त गर्‍यो । हेमजा ११ र सविन मेमोरियलबीचको छैटौं खेल निकै प्रतिष्पर्धात्मक बन्यो । खेलमा सविन मेमोरियल १-० गोलअन्तरले उपाधि नजिक पुग्यो ।

त्यस्तै, पिटी युनाइटेडसँगको प्रतिष्पर्धामा संगम एफसी २-० गोलअन्तरले विजयी भयो।

अर्को खेलमा शुक्लागण्डकीले लमजुङ एफसीलाई ३-० र दीप युनाइटेडले मिरुवा एफसीलाई ४-० गोलअन्तरले पराजित गरेको क्लब सहसचिव विकास केसीले जानकारी दिए। बुधबारदेखि दोस्रो चरणका खेल हुँदैछन्। बुद्घटोल युवा क्लबको आयोजनामा आइतबारदेखि शुरु प्रतियोगितामा विजेताले १ लाख २१ हजार १ सय ११ र उपविजेलेता ७० हजार १ सय ११ साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै विधागत रुपमा पुरस्कारसमेत दिइनेछ । खेल शनिबारसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width