जूनतारा आमा समूहको उद्घोषणकला

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७४

पोखरा, २० चैत । पोखरा लेखनाथ महानगरपालिका वडा १७ बिरौटास्थित जूनतारा आमा समूहले १५ दिने उद्घोषणकला तालिम गरेको छ ।

महिला सशक्तिकरणका लागि आयोजित तालिममा समूहका २१ जना महिला सहभागी थिए । तालिममा देवराज शर्माले सहजीकरण गरेका थिए । तालिम समापनमा प्रमुख अतिथि वडाध्यक्ष तीर्थराज अधिकारीले वाकशैली आफैमा सृजनशील कला भएकोले यसलाई व्यवहारिक बनाउँदै लैजान सके हरेक व्यक्तिको व्यक्तित्व विकासमा कोशेढुङगा सावित हुने बताए ।

त्यस अवसरमा पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य राधिका शाही योगी, सामाजिक शाखा प्रमुख ओमराज पौडेल, प्रगतिटोल सुधार समितिका अध्यक्ष उमाकान्त पौडेल, सहभागीको तर्फबाट सिमा रेग्मी र शोभा भट्टराईले बोलेका थिए ।

समूहकी अध्यक्ष गंगा केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष जीवनकुमारी सिलवालले धन्यवाद ज्ञापन र सरु आचार्यले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width