पोखरा, १८ चैत। पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ मित्रबन्धुटोलस्थित सृजनशील आमा समूहको १४ औ साधारणसभा तथा छैटौं अधिवेशनले टिकादेवी रेग्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा विष्णु केसी, सचिवमा कुमारी निता पौडेल, सहसचिवमा संगिता अधिकारी पौडेल, कोषाध्यक्षमा निर्मला त्रिपाठी छन्। सदस्यहरुमा सृजना लामिछाने, लक्ष्मी थापा, मिठू पौडेल, मिना मल्ल, कविता पौडेल, लक्ष्मी गुरुङ रहेको निर्वाचन समितिका संयोजक रविलाल शर्माले जानकारी दिए। समितिको पहिलो बैठकले कृष्णा थापा र दुर्गा रेग्मीलाई आमन्त्रित सदस्यमा चयन गरेको छ। त्यस्तै, सल्लाहाकारहरुमा चित्रादेवी भण्डारी, लक्ष्मी बास्तोला र लक्ष्मी देवकोटा छन्।
त्यस अवसरमा संस्थालाई सहयोग गरेको भन्दै रविलाल शर्मा, लक्ष्मण देवकोटा, भगवती शर्मा र बसन्धरी बराललाई सम्मान गरिएको थियो। साधारणसभाले सचिव नितु पौडेलले प्रस्तुत गरेको वाषिर्क र कोषाध्यक्ष निर्मला सुवेदीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ। साधारणसभा उद्घाटन गर्दै पोखरा लेखनाथ महानगरपालिका वडा नं १७ का अध्यक्ष तीथराज अधिकारीले सामाजिक कामका लागि आफ्नोतर्फबाट सहयोग हुने प्रतिवद्वता व्यत्त गरे।
त्यस अवसरमा समूहकी संस्थापक अध्यक्ष टिकादेवी रेग्मी, मित्रबन्धु टोल विकास संस्थाका पूर्वअध्यक्ष चित्र पौडेल, संस्थापक अध्यक्ष छायादत्त भट्टराई, समूहकी पूर्वअध्यक्ष लक्ष्मी बास्तोला, मित्रबन्धु टोलविकास संस्थाका सल्लाहकार रविलाल शर्मा, सदस्य ऊँ शान्ति झम्कनाथ पौडेल, पूर्वसचिव मेघनाथ पौडेलले बोलेका थिए।
सृजनशील आमा समूहकी अध्यक्ष चित्रादेवी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विष्णु केसीले स्वागत र सचिव कुमारी निता पौडेलले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
आकस्मिक रक्तदानमा ५३ युनिट रगत
गोरखा र बागलुङका ४ विद्यालयमा कम्प्युटर ल्याब
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
ज्येष्ठ नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत छुट
पढ्न वञ्चितलाई निशुल्क भर्ना
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९