Worldlink ads

स्मरणशक्ति अभिवृद्वि तालिम शुरु

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७४
argakhachi pokhara samaj samman

पोखरा, १८ चैत । अर्घखाँची पोखरा सम्पर्क समाजको आयोजनामा पोखरामा आइतबारदेखि पाँच दिने स्मरण शक्ति अभिवृद्वि तालिम शुरु भएको छ ।

तालिममा तनहुँ, स्याङजा, लमजुङ, म्याग्दी, बाग्लुङ, पर्वत लगायतका जिल्लाका विभिन्न क्षेत्रका दुर्इ सय २० जना सहभागि छन् ।

तालिममा संसारकै तेज स्मरण शक्ति भएर गिनिज बुक अफ वर्ल्डमा नाम लेखाउन सफल युवा अर्पण शर्माले सहजीकरण गर्ने छन्। कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनलाई समाजको तर्फबाट अध्यक्ष कृष्णप्रसाद पाण्डेले सम्मान प्रदान गरी सम्मान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि शर्माले बुद्व र सगरमाथाले नेपाललाई चिनाए जस्तै तेज दिमाग हुनेहरुको देशका रुपमा पनि नेपाललाई चिनाउन लागिपरेको उल्लेख गरे ।

उनले नेपालका ६४ जिल्लामा आफुले स्मरण शक्ति बढाउन यस्तै तालिम गरिसकेको जानकारी दिए। अन्तर समाज महासंघका अध्यक्ष दिपेन्द्र राईले अर्घखाँची पोखरा सम्पर्क समाजले रचनात्मक काम गरेको उल्लेख गरे।

अर्घखाँची पोखरा सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष चेतनारायण पाण्डेले स्वागत र महासचिव लिलबहादुर जिसीले संचालन गरेका थिए। कार्यक्रम समाजका सदस्य राज सुनार र किसन सुनारले संयोजन गरेका हुन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads