बुबाआमाको चौरासीमा विद्यालयलाई भूमिदान

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७४
bhumidan

पोखरा, १८ चैत । माछापुच्छ्रे गाउँपालिका वडा नं २ भुर्जुङखोलाका आचार्य दाजुभाईले विद्यालयलाई भूमिदान गरेका छन्। बुबा ढुण्डीराज आचार्य र आमा इन्द्रकुमारी आचार्यको चौरासी पूजाको अवसरमा छोराहरु शिक्षासेवी, समाजसेवी रामप्रसाद आचार्य र नारायणप्रसाद आचार्यले एक रोपनी भूमिदान गरेका हुन्।

उनीहरुले माछापुच्छ्रे गाउँपालिका वडा नं २ रहेको माछापुच्छ्रे माविलाई साविक सार्दीखोला गाविस वडा नं १ को कित्ता नम्बर १४४८ को भूमिदान गरेका हुन्।  कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी नरेन्द्रराज पौडेलले भूमिदाताले सर्‍हानीय काम गरेको भन्दै प्रशंसा गरे।

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका शिक्षा प्रमुख लोकनाथ आचार्य र माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्यले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width