Worldlink ads

पोखरा विश्वविद्यालयमा पहिलो पटक स्ववियु निर्वाचन

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४

लेखनाथ, १७ चैत। स्थापनाको २१ वर्षपछि पोखरा विश्वविद्यालयमा पहिलो पटक चैत २१ मा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन हुँदैछ। पहिलो स्ववियु निर्वाचन भएकाले विद्यार्थी संगठनबीच स्ववियु संस्थापक बन्ने होडमा रस्साकसी चलेको छ।

निर्वाचनको लागि विभिन्न विद्यार्थी संगठनसँगै केही स्वतन्त्र गरी ५४ उम्मेदवारले मनोनयन दर्ता गरेकोमा १ सभापतिसहित २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचनमा ११ जना प्रत्यक्ष र ८ जना समानुपातिक निर्वाचन प्रणालीमार्फत १९ सदस्यीय समिति चयन हुनेछ।

निर्वाचनका लागि एमालेनिकट अनेरास्ववियु, काँग्रेसनिकट नेपाल विर्द्यर्थी संघ, माओवादी निकट अखिल क्रान्तिकारी, संघीय समाजवादी फोरमनिकट संघीय समाजवादी विद्यार्थी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंले निर्वाचन कार्यालयमा आ-आफ्नो संगठन दर्ता गराएका छन्।

समानुपातिकतर्फ निर्वाचनका लागि दर्ता भएका ५ संगठनले ८/८ जनाको नाम रहेको बन्दसूची यसअघि नै निर्वाचन समितिमा बुझाएका थिए। अखिल छैटौंले सचिवमा हेमन्त रानामगरलाई मात्र उम्मेदवारी दिएको छ भने अन्य संगठनले सबै पदमा उम्मेदवार उठाएका छन्। अनेरास्ववियूबाट सभापतिमा सुनिल तिमिल्सिना, नेपाल विद्यार्थी संघबाट डिफान भुजेल, अखिल क्रान्तिकारीबाट सधन पन्तको उम्मेदवारी कायम रहेको छ भने स्वतन्त्र रुपमा कुशुम शिला भट्ट र सुभाषप्रसाद पौडेलबीच प्रतिष्पर्धा छ ।

पार्टीएकता तयारी गरिरहेका एमाले-माओवादी केन्द्रनिकटका विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल क्रान्तिकारीबीच गठबन्धन गरेर चुनावी मैदानमा जाने प्रयास भएकोमा भागबन्डामा नमिल्दा प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । उता, अखिल क्रान्तिकारीसँग कुरा नमिलेपछि अनेरास्ववियु र संघीय समाजवादी फोरमबीच समीकरण भएको छ । समाजवादी फोरमले सहसचिव र एक सदस्य पाएको छ भने अन्य पदमा अनेरास्ववियुका उम्मेदवारलाई सघाउने सहमति छ। निर्वाचनमा २ हजार १ सय १७ जना विद्यार्थीले मतदान गर्ने निर्वाचन समिति सदस्य सचिव रोशन पाण्डेले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

    • गलकोटेलाई पोखराका अस्पतालमा छुट

      रासस कार्तिक ९, २०७८
      बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र…
    • प्रतियोगिता पर्खिंदै युकेश

      धनबहादुर गुरुङ कार्तिक ९, २०७८
      पोखरा । पोखराका प्याराग्लाइडिङ पाइलट युकेश गुरुङलाई स्वेदश तथा विदेशको प्रतियोगितामाबाट निम्तो नआएको २ वर्ष बढी भयो । सन् २०१९…
    • त्रिनेत्रेश्वर शिव मन्दिरमा सम्मान

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      लेखनाथ । त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा ३० शिशुवाले मन्दिरका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै शिशुवा सत्संग भजन भण्डलीलाई सम्मान…
    • ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

      रासस कार्तिक ८, २०७८
      गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads