मिस नेवाः प्रीति

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४
miss newa final (1)

पोखरा, १७ चैत । सिजी मिस नेवा पोखरा ११३८ को उपाधि प्रीति बुद्धाचार्यले जितेकी छन् । २० प्रतिष्पर्धीलाई पछि पार्दै उनले ४० हजारसहितको सो उपाधि जितेकी हुन् । नेवाः खल कास्कीले आयोजना गरेको सो प्रतियोगिताको ग्रान्ड फिनालेमा उनले वेस्ट ट्यालेन्ट  र वेस्ट नेवारी भाषाको समेत टाइटल हात पारिन्। उनले नेवारी भाषा, संस्कृति र मौलिकता जगाउने अग्रसर हुने प्रतिवद्धता गरिन्।

फस्ट रनरअप प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप जेनिफर श्रेष्ठ बने। प्रियंकाले २५ हजार र जेनिफरले १५ हजार पुरस्कार पाए ।

वेस्ट पर्सनालिटी रोजिना ताम्राकार, वेस्ट प|mेन्डली सन्ध्या श्रेष्ठ, वेस्ट फोटोजेनिक सृष्टि श्रेष्ठ र सचिता ताम्राकारले जिते। उनीहरुलाई जनही ५ हजारका साथमा विभिन्न उपहार दिइयो। कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले नेपाली सुन्दर र सुन्दरीहरु बस्ने देश भएको बताए।

नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले नेवारी युवतीमा संस्कार, भाषा र आत्मविश्वास बढाउन प्रतियोगिता सहायक सिद्ध भएको उनको भनाइ छ।

मिस नेवाका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले मिस नेवाबाट नेवारी महिला सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा गरे।

निर्णायकमा डा इन्द्र महर्जन, ध्रुव श्रेष्ठ, पोमनारायण श्रेष्ठ, रात्नकाजी महर्जन, रञ्जिता कर्माचार्य, कल्याणी श्रेष्ठ र शमशेरबहादुर नुछे प्रधान थिए। कार्यक्रम सञ्चालन प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठ, सारा बजिमय र सेलिका श्रेष्ठले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…

hero news full width