गुरुङ भए गोर्खाली लोकतारा

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४
IMG_9324

पोखरा, १७ चैत। लमजुङका टसबहादुर गुरुङ प्रदेश ४ स्तरीय प्रथम गोर्खाली लोकतारा-२०७४ प्राप्त गर्न सफल भएका छन्।

गोर्खाली रेडियो १०६ मेघाहर्ज पोखराले आठौं वाषिर्कोत्सवको अवसरमा शनिववार आयोजना गरेको उक्त प्रतियोगिताको अन्तिम चरणमा १० जना प्रतिष्पर्धीबीच गुरुङ विजयी भएका थिए।

उनले ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

अन्य प्रतिस्पधी कलाकारमा दुर्गा रोका मगर म्याग्दी, इन्द्रकुमारी दुरा लमजुङ, कमला केसी बागलुङ, सुस्मा विसी कास्की, दर्शन परियार स्याङ्जा, सरिता घिमिरेे लमजुङ, खगेन्द्र  थापामगर दाङ, गणेश घिमिरे खोटाङ, अशोक बस्याल बागलुङ रहेका छन्।

कार्यक्रमको समापनमा विजयी टसबहादुर गुरुङसहित सबै कलाकारलाई सम्मान गरिएको थियो।

रेडियोका अध्यक्ष शशी तुलाचन, गोर्खा कम्युनिटी पोखराका अध्यक्ष मेजर लक्ष्मीप्रसाद गुरुङ, कार्यक्रम संयोजक खिमा गुरुङ, सहप्रायोजक दुर्गा गुरुङ मिलनले टिका, फूलमाला र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

यसैगरी, अतिथि कलाकार शर्मिला गुरुङ, शंकर विरही गुरुङ, जुना क्षत्री, विकास नेपाली, कार्यक्रम सञ्चालक सुरेन्द्र गुरुङलगायतका कलाकारलाई सम्मान गरिएको थियो।

यसैगरी, प्रतियोगिताको निर्णायक समितिका संयोजक नवराज बराल, सदस्य बालुमाया पुन र दुर्गा गुरुङलाई सम्मान गरियो।

उक्त कार्यक्रमको उद्घाटन कास्की क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले गरेका थिए।

त्यस अवसरमा प्रमुख अतिथि अधिकारीले संगीत क्षेत्रको विकासमा रेडियो गोर्खालीको योगदान सह्रानीय रहेको बताए।

कार्यक्रमको अध्यक्षता रेडियोकी अध्यक्ष शशी तुलाचनले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width