कस्केली अधिकृत समाजद्वारा सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४
IMG_9278

पोखरा, १७ चैत। कस्केली अधिकृत समाज, कास्कीले विभिन्न क्षेत्रमा योगदान पुर्याएका सामाजिक व्यक्तित्वलाई सम्मान गरेको छ।

समाजको नवौं साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहबीच शिक्षाविद् जोर्जजोन, समाजका संस्थापक शिवप्रसाद पराजुली, समाजसेवी कृष्णप्रसाद बराल, इन्जिनियर कृष्णकान्त सिग्देल, साहित्यकार प्रकाश सायमीलाई सम्मान गरिएको हो।

समारोहका प्रमुख अतिथि प्रेदश ४ का प्रमुख बाबुराम कुँवर, समाजका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले सम्मानपत्र र दोसल्ला प्रदान गरी संयुक्त रुपमा सम्मान गरेका थिए।

सोही समारोहबीच प्रमुख अतिथि कुँवरले समाजको मुखपत्र अधिकृत आवाजको लोकार्पण गरे।

त्यस अवसरमा प्रदेश प्रमुख बाबुराम कुँवरले विधिको शासनबाट नै देशको विकास र संवृद्धि हुने बताए।

समालोचक डा. राजेन्द्र चापागाइँ आहातले अधिकृत आवाजमा महत्वपूर्ण विषयवस्तु समेटिएको बताए।

समाजका संस्थापक शिवप्रसाद पराजुलीले सहज रुपमा जनतामा सेवा पुर्याउने उद्देश्यले अधिकृत समाज गठन भएको र जग्गा उपलब्ध भए भवन निर्माण गर्न समाज तयार भएको बताए।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले अधिकृतको दक्षता, क्षमता र अनुभवलाई देशको समृद्धिमा लगाउनुपर्नेमा जोड दिए।

समाजका अध्यक्ष दुर्गाबहादुर शाह बाबाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष विष्णुहरि पराजुलीले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव चन्द्रबहादुर सुवेदीले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width