निजामती कर्मचारी युनियनद्वारा निर्वाचितलाई सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र १८, २०७४
nijamati

पोखरा, १७ चैत । नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीले संघको सातौ केन्द्रीय महाधिवेशनबाट निर्वाचित भएकाहरुलाई सम्मान गरेको छ ।

संघले पोखरामा कार्यक्रम गरी केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, प्रदेश ४ का संयोजक शिव शर्मा अधिकारी, केन्द्रीय सदस्य कृष्ण अर्याल र अमृत बगालेलाई सम्मान गरेको हो ।

नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी र नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश ४ का सभापति मुरारी शर्माले उनीहरुलाई खादा र अबिर लगाएर सम्मान गरेका थिए ।

नेपाल निजामती कर्मचारी युनियन संघ कास्कीका अध्यक्ष डार्विन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विश्वराज आचार्यले स्वागत र पूर्वसचिव सुरेश श्रेष्ठले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…

hero news full width