भारतसँगको असमान सन्धि खारेज गर्नैपर्छः सीमाविद् श्रेष्ठ

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७४
buddhi

पोखरा, १४ चैत । नेपाल र भारतबीच भएका असमान सन्धि-सम्झौता खारेजी तथा पुनरावलोकन गर्दै दुवै मुलुकलाई समान हित हुने किसिमका नयाँ सन्धि सम्झौता गर्नुपर्नेमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले जोड दिएका छन् ।

नागरिक समाज पोखराको बिहीबार सातौं साधारणसभामा प्रमुख अतिथि श्रेष्ठले नेपाल र भारतबीच भएका अधिकांश सन्धि-सम्झौता नेपालको हितमा नरहेकाले खारेज वा पुनरावलोकनका लागि नेपालले सशक्त कदम चाल्नुपर्नेमा जोड दिए । उनले १९५० को सन्धिको धारा १० ले संशोधनको छुट नदिएकाले यसलाई खारेजी नै गरेर नयाँ समान हैसियतको सन्धि गर्नुपर्ने बताए ।

नेपालको सीमामा भारतले अतिक्रमण गरिरहेको उल्लेख गर्दै उनले दुर्इ देशका विज्ञ बसेर अन्तर्राष्ट्रिय नक्साअनुसार सीमांकनको काम टुंगाएमा हाल भारतले अतिक्रमण गरेको नेपाली भूभाग नेपालले नै पाउने बताए । उनले सुगौली सन्धिमा गुमेको नेपाली भूभाग फिर्ता पाउन नेपालले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हालेमा गुमेको भूमि नेपालकै हुने जनाए । चीनले आफ्नो भूभाग हङकङलाई लामो समयपछि ब्रिटिसबाट फिर्ता लिएको उदाहरण दिँदै उनले नेपालले पनि पहल गरेमा फिर्ता आउने जनाए । ‘सीमा भनेको संवेदनशील तत्व हो । सीमा मिचिए जनताको भूगोल फेरिन्छ । मुलुकको क्षेत्रफल साँघुरिन्छ,’ उनले भने, ‘यो समस्या कुटनीतिक तवरले नै सल्टाउने हो । २ सय नम्बरको जंगेपिल्लरका कारण गोविन्द गौतमजस्ता होनहार युवाले गत वर्ष ज्यान गुमाउनुपर्‍यो । अवोध नागरिकले मृत्युवरण गरे । यसरी हुँदैन ।’

सीमाविद् श्रेष्ठले सिंगापुर, मलेसिया जस्ता देश एउटै व्यक्तिका कारण बनेकाले नेपालमा पनि त्यस्ता व्यक्तिको खाँचो औंल्याए । कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको व्यवस्थापन गर्दा मुलुक नै उज्यालो भएको भन्दै उनले यस्ता व्यक्तिहरुले आफ्ना विभाग व्यवस्थापन गरेमा मुलुक यसै समृद्ध बन्ने उल्लेख गरे ।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width