‘शिक्षाबिना विकास असम्भव’

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७४
sayoge

पोखरा, १५ चैत। पोखरा लेखनाथ महानगरपालिका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले शिक्षाबिना विकास सम्भव नहुने बताएकी छन्।

चिनियाँको संस्था सिनो नेपाल बेल्ट तथा रोड पहिलो एशियन विज्नेश समूहले पार्दी माविलाई सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै उनले शिक्षा देशको विकासको मेरुदण्ड भएको बताइन्। ‘शिक्षा देशको मेरुदण्ड हो, शिक्षाबिना विकास सम्भव छैन। शिक्षाले अध्यारोबाट उज्यालोतर्फ लैजान प्रेरित गर्छ।’  उनले चिनियाँ नागरिकको सहयोगले पार्दी माविका विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि गर्ने बताउदै यसबाट विद्यार्थी लाभान्वित हुने बताइन्। उनले विद्यालयलाई सहयेाग गरेको ल्यापटप र शैक्षिक सामग्रीले चिनियाँ र विद्यालयका विद्यार्थीबीच सम्बन्ध जीवन्त राख्ने धारणा राखिन्।

कार्यक्रममा १० थान ल्यापटप, भलिबल, फुटबल, नेट, ब्याटमिन्टन विद्यालयलाई प्रदान गरिएको थियो ।

पोखरा लेखनाथ महानगरपालिका कावा प्रमुख मञ्जु गुरुङ, चाइनीज ग्रुपका वन द प्याव, स्वीतान, ल्यू, लिमिङ थाओले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालाई हस्तान्तरण गरे।

पोखरा लेखनाथ महानगरपालिका वडा १७ का अध्यक्ष तीर्थराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ विष्णुप्रसाद बरालले स्वागत गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width