रक्तिम कास्कीको शिविर शुरु

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७४
raktim

पोखरा, १५ चैत । रक्तिम सांस्कृतिक अभियान कास्कीको आयोजनामा पोखरामा प्रशिक्षण शिविर उद्घाटन गरिएको छ ।

प्रमुख अतिथि रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय अध्यक्ष तथा जनगायक जीवन शर्माले शिविर उद्घाटन गर्दै कला, साहित्य र संस्कृति माध्यमबाट समाज रुपान्तरण गर्ने अभियानमा निरन्तर लाग्नु सहज नभएको बताए ।

सर्वहारा वर्गीर्य संस्कृतिको विकासमा प्रगतिशील पक्षले सहयोग पुर्‍याउनुपर्ने उनले बताए।

अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष तिलक थापाले उदयमान युवक समाज परिवर्तनको दिशामा जागरुकता साथ लाग्नुपर्ने बताए।

रक्तिम जिल्ला अध्यक्ष बिमल पाण्डेको अध्यक्षतामा संचालित कार्यक्रममा अखिल नेपाल युबक संघका के अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य चन्द्रबहादुर केशी, प्रदेश अध्यक्ष शंकर बराल, प्रदेश सभाका सांसद कृष्ण थापा, अखिल (छैठौं )केन्द्रिय सचिव गणेश अधिकारी, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष रविमोहन ढकाल, युवक संघ जिल्ला अध्यक्ष विक्रम थापा, रक्तिम जिल्ला इञ्चार्ज आकाश गौतम, संगम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमको सञ्चालन रक्तिम जिल्ला कोषाध्यक्ष दिलेन्द्र बुढाले गरेका थिए भने स्वागत जिल्ला सदस्य अर्जुन शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति समेत गरिएको थियो ।

सैद्धान्तिक, राजनीतिक तथा सांस्कृतिक प्रशिक्षण ३ दिनसम्म चल्ने जिल्ला सदस्य अर्जुन शर्माले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…

hero news full width