Worldlink ads

सल्यानमा मुक्तिनाथको एकैसाथ ३ शाखा

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७४

पोखरा, १५ चैत । ग्रामीण क्षेत्रलाई महत्वपूर्ण कार्यक्षेत्रका रुपमा लिएको मुक्तिनाथ विकास बैंकले सल्यान जिल्लामा एकैसाथ ३ शाखा विस्तार गरेको छ । बैंकले सल्यानको थारमारे, लुहाम र श्रीनगरमा शाखा विस्तार गरेको हो ।

बुधबार त्रिवेणी गाँउपालिका वडा ६, लुहामस्थित लुहाम शाखाको समुद्घाटन त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले गरे ।

प्रमुख अतिथि डाँगीले यस क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न वित्तीय संस्थाको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले लुहामबासीको सदैव साथ र सहयोग रहने बताए ।

लुहाम बजार व्यवस्थापन समिति अध्यक्ष खिमबहादुर रावतले बंैकको सफलताको शुभकामना सँगसँगै आफ्नै आँगनमा आएको सस्थालाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

उता, बागचौर नगरपालिकामा २ मा रहेको थारमारे शाखा कार्यालयको समुद्घाटन बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले गरे ।

उनले त्यस क्षेत्रमा कृषि पर्यटनको विकासका लागि वित्तीय संस्थाको उपस्थिति बढ्नु खुशीको कुरा भएकोले सल्यानबासीको सदैब साथ र सहयोग रहने बताए ।

यता, शारदा नगरपालिका वडा १ मा रहेको श्रीनगरमा पनि शाखा विस्तार गरेको छ । शाखा समुद्घाटन गर्दै शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बैंकले सल्यान जिल्लामा ३ वटा शाखा विस्तार गरी  जनतालाई स्तरीय सेवा प्रदान गरेकोमा खुसी गरे ।

कार्यक्रममा सल्यान जिल्ला प्रशासन प्रमुख प्रमानन्द घिमिरे, उद्योग वाणिज्य संघ अध्यक्ष वीरबहादुर चलाउने र छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी लगायतले बोलेका थिए । सबै कार्यक्रमको अध्यक्षता बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले गरेका थिए भने स्वागत बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले गरेका थिए । सल्यान जिल्लामा ३ वटा शाखा हुने बैंक मुक्तिनाथ विकास बैंक मात्र हो ।

यसअघि बैंकले बुधबारमात्र दाङको तुल्सीपुर उपमहानगरपालिकामा शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन  दाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले उद्घाटन गरे।

प्रमुख अतिथि केसीले त्यस क्षेत्रमा वित्तीय संस्थाबीच प्रतिस्पर्धा धेरै भए तापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकोले सबैले खाता खोली कारेाबार गर्न अनुरोध गरे।

कार्यक्रममा तुलसीपुरकी उपमेयर माया शर्मा आचार्य, निवर्तमान मेयर ढुण्डीराज लामिछाने, तुलसीपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसे, रेडियो तुलसीपुरका समाचार सम्पादक सुशील बस्नेत, समाजसेवी शेशुराम भण्डारी, प्रजातान्त्रिक उद्योग वाणिज्य संघका अध्यक्ष जनक खराल लगायतले बोलेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग