लेखनाथ, १४ चैत।पोखराबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ३४१ नम्बरको मिनीबस बुधबार तल्लो गगनगौंडामा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते लमजुङ धमिलीकुवाँका २६ वर्षीय बसका सहचालक सुजन गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारक्रममा निधन भएको प्रहरीले जनाएको छ ।
अन्य घाइतेमा पोखरा लामाचौर १९ का ३० रमेश गैरे, २४ वर्षीय शंकर नेपाली, पोखरा १४ चाउथेका २१ वर्षीय विमश सुनार, चितवनकी ३४ वर्षीया वीना गुरुङ, नवलपरासी वर्दघाटकी १७ वर्षीया सुष्मा तिवारी, चितवन भरतपुर ८ का ५२ वर्षीय सुदीप पौडेल, ६१ वर्षीय गौरीशंकर रेग्मी, पोखरा १२ भृकुटीटोलकी ८ वर्षीया सुविना गुरुङ, पोखरा १४ का ३५ वर्षीय धनबहादुर सुनार रहेका छन्। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेका ती घाइतेको अवस्था सामान्य छ ।
यस्तै, पर्वत फलेवासका ३१ वर्षीय रामप्रसाद पाठकको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।
बसमा सवार केही यात्रु सामान्य उपचारपछि घर फर्किसकेका छन् । दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षा निकायको सहयोगमा घाइतेको उद्धार गरिएको थियो ।
इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार पोखरा ३२ पृथ्वीराजमार्ग तल्लो गगनगौडास्थित प्रस्तावित बसपार्क क्षेत्रमा बिहान सवा ८ बजे राजमार्गबाट करिब ४० फिट तल खसेर बस दुर्घटना भएको हो । अत्यधिक गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१