कुमाललाई माटोका भाँडा बनाउने तालिम

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७४

लेखनाथ, १४ चैत। कुमाल समुदायको जातीय पेशाको संरक्षण गर्ने उद्देश्यले पोखरा लेखनाथ महानगरपालिका वडा २९ ले सञ्चालन गरेको १५ दिने माटोको भाँडा तथा मुढा बनाउने तालिम बुधबार सम्पन्न भयो ।

तालिम समापन समारोहमा बोल्दै वडाध्यक्ष चेतबहादुर गुरुङले आफनो भाषा, कला र संस्कृति जोगाराख्न पेशालाई जीवन्तता दिनसम्नु पर्नेमा जोड दिए।

हातमा सीप र जागर हुनेले समयको माग अनुसारका भाडा उत्पादन गर्ने हो भने बजारीकरणमा कुनै समस्य नभएको जानकारी गराउँदै सहकारीको माध्यमबाट बिक्री कक्ष निर्माण गरी पेशालाई व्यावसायिक बनाउनु पर्ने सुझाव राखेका थिए।

नेपाल कुमाल समाज सुधार समिति भण्डारढिकका अध्यक्ष दानबहादुर कुमालको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रशिक्षक लोकबहादुर कुमालले तालिमको उपयोगिता र उद्देश्यबारे जानकारी गराएका थिए। नेपाल कुमाल समाज सुधार समिति कास्कीका सदस्य मानेन्द्र कुमालले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको सञ्चालन सचिव टोपबहादुर कुमालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width