प्रदेश ४ को नाम कुन ठिक ?

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७४

पोखरा, १४ चैत । प्रेस क्लब नेपालले पोखरामा मंगलबार साक्षात्कार कार्यक्रम गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रदेश ४ को नामाकरण के हुनसक्छ भन्नेबारे सार्वजनिक बहस चलाएको छ ।

बहसमा सहभागी हुँदै तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमु, नागरिक समाजका प्राडा दिलबहादुर क्षत्री, नागरिक समाज संयोजक रामबहादुर पौडेल, नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष मन्धरी थापामगर, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमु, भूमिहीनका भीमबहादुर कुँवर लगायतले विचार व्यक्त गरे ।

बहसमा तमुवान संयुक्त संघर्ष समितिका संयोजक हुमबहादुर तमुले संघीयताको मुल मर्म अनुसार सात प्रदेश होइन १० प्लस १ प्रदेश आवाश्यक रहेको बताए । उनले राज्य पुनसंरचनाको आधार पहिचान र सामार्थ्यको आधारमा प्रदेश ४ लाई तमुवान प्रदेश घोषणा गर्दै राज्य पुनंसरचना तथा राज्य पुनसंरचना समिति र उच्चस्तरीय आयोग सुझाव प्रतिवेदन अनुसार पहिचानयुक्त प्रदेशहरु नामाकरण गर्नुपर्ने बताए । अहिलेकै प्रदेश ४ लाई तमुवान-मगरात नाम उचित हुने उनको तर्क थियो ।

प्राडा दिलबहादुर क्षत्रीले पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाउदा राम्रो हुने भन्दै अहिलेको प्रदेश ४ लाई गण्डकी नामाकरण गर्नुपर्ने बताए । जातीय नामले विदेशीले नेपाल प्रवेश गराएको साम्प्रदायिकताले प्रश्रय पाउने भन्दै  उनले इयु र क्रिश्चियानिटीलाई विरोध गरे ।

नागरिक समाजका संयोजक रामबहादुर पौडेलले प्राकृतिक प्रदेशको नाम प्राकृतिक नामाकरण हुनुपर्ने भन्दै गण्डक नाम प्रस्तुत गरे । उनले अन्य नामले साम्प्रदायिकता निम्तन सक्ने बताए । होइन भने नामाकरणका लागि जनमत संग्रह गर्नुपर्ने उनको तर्क छ ।

मगर संघको केन्द्रीय उपाध्यक्ष मन्धरी थापामगरले पहिचानलाई सम्बोधन गर्दै यस प्रदेशलाई तमुवान(मगरात नामाकरण गर्नुपर्ने बताए ।

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर तमुले नेपाली सभ्यताहरुको सम्बोधन गर्न प्रदेश ४ लाई तमुवान(मगरात नामाकरण गर्नुपर्ने बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा भिलेज अब चारतारे

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा लेकसाइडस्थित होटल पोखरा भिलेज रिसोर्ट एन्ड स्पा स्तरोन्नतिसहित फोरस्टार होटलको रुपमा सञ्चालन गरिएको छ । २०६६ सालबाट…
  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…

hero news full width