कुमाल भाषा संस्कृति संरक्षण तालिम

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७४
Kumal bhasha

खैरेनीटार, १२ चैत।  खैरेनीटार कुमाल समाज वडा नं. ६ तनहुँको आयोजना र शुक्लागण्डकी नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा ‘देशभरिका संपूर्ण कुमालहरु एक होऔं, कुमाल भाषा संस्कृतिको संरक्षण गरौं’ भन्ने नाराका साथ पाँचदिने कुमाल भाषा र संस्कृतिको संरक्षणसम्बन्धी तालिम खैरेनीटार, तनहुँमा सुरु भएको छ।

कार्यक्रमकी प्रमुख अतिथि शुक्लागण्डकी नगरपालिकाकी उपप्रमुख सविता रसाइलीले भाषा र संस्कृति शुक्लागण्डकी नगरपालिकाको गहना भएको वताइन्। उनले तालिमबाट भाषा र संस्कृतिको साथै नेतृत्व विकास गर्न पनि आग्रह गरिन्। उनले भाषा संस्कृतिको संरक्षणमा सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन्।

कार्यक्रमका अतिथि शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णबहादुर पौडेलले भाषा संस्कृतिको संरक्षण गर्न सक्रिय भएर लाग्न अनुरोध गरे। उनले आउँदा दिनमा आत्मनिर्भर बन्नसमेत सुझाव दिए।

कार्यक्रममा शुक्लागण्डकी  नगरपालिकाको कार्यपालिकाका सदस्य  तथा प्रबक्ता खिमबहादुर कुमालले भाषा संस्कृति लोप भएमा पहिचान गुम्ने भएकोले कुमाल भाषा र संस्कृतिको संरक्षणमा जोड दिए। उनले कुमाल समुदाय एबताबद्ध नभएकोले अन्यबाट हेपिएको वताए। साथै कुमालले कुमालको बिरोध गर्ने प्रबृतिको अन्त्य गरिनुपर्ने पनि जनाए।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का अध्यक्ष रामबहादुर क्षेत्री थापाले तालिममा लगनशिल भएर सिक्न आग्रह गरे। उनले भाषा संस्कृतिको संरक्षण गर्नु अहिलेको आवश्यकता भएको पनि वताए।

कार्यक्रममा शुक्लागण्डकी वडा नं. ६ का वडा सदस्य बुद्धिबहादुर थापा, कुमाल समाजका पूर्व केन्द्रीय सदस्य धर्मलाल कुमाल, आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष इन्द्रबहादुर थापा, प्रशिक्षक उषा कुमाल, कुमाल समाज तनहुँ जिल्ला कोषाध्यक्ष केशरबहादुर कुमाल लगायतले वोलेका थिए। तालिममा वडा नं ६ मा बसोबास गर्ने संपूर्ण कुमाल घर परिवारको प्रतिनिधित्व रहने जनाइएको छ।

खैरेनीटार कुमाल समाजका अध्यक्ष पवन कुमालको अध्यक्षता रहेको कार्यक्रममा स्वागत बेलकुमारी कुमाल र सञ्चालन मार्टिना कुमालले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल

    धनबहादुर गुरुङ वैशाख ४, २०८१
    पोखरा। ‘सेतो छडीले बाटो देखाउँछ तर ठाउँ चिन्दैन । आफू कुन ठाउँमा छु भनी सोध्न अरुलाई सोध्नुपर्ने बाध्यता थियो ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…
  • युनाइटेडद्वारा शैक्षिक तथा खेल सामग्री वितरण

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । युनाइटेड क्लब पोखराले पोखरा २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।…
  • रुपाको अस्पताल र स्वास्थ्य बिमा बोर्डबीच सम्झौता

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । कास्कीको रुपा गाउँपालिले पालिकास्तरीय अस्पताललाई स्वास्थ्य बिमासँग जोडेको छ । सोमबार अस्पताल र बोर्डबीच सम्झौता गरिएको हो ।…

hero news full width