पोखरा फाइनान्सको वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७४
Pokhara finance’s Financial Literacy photo

पोखरा, १२ चैत।पोखरा फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। फाइनान्सले आफ्नो २१ औं वाषिर्कोत्सव साताव्यापी मनाउने क्रममा उक्त वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो।

शनिबार माछापुच्छे्र गाउँपालिकाको लाहाचोकमा सम्पन्न उक्त कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताए।

चुक्ता पुँजी रु ६५.५७ करोड रहेको यस वित्तीय संस्थाले जारी गरेको हकप्रद शेयर चैत्र ७ गते बाँडफाँड गरि अवितरित हकप्रद शेयरको लिलाम बिक्रीका लागि  चैत्र १८ गतेदेखि चैत्र २५ गतेसम्म आवेदन दिन सकिनेे फाइनान्सका प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए।

उक्त लिलाम बिक्री वितरण तथा आ.व. २०७३/०७४ को प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृती पश्चात् संस्थाको चुक्ता पुँजी रु ८१ करोड ६४ लाख कायम हुने बताइएको छ।

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सर्वसाधारणमा बैंकिङ पहुँच पुर्‍याउने हेतुले मिडिया इन्टरनेसनलद्वारा आयोजित बैंकिङ बिमा एक्स्पोमा समेत आफ्नो सहभागिता जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width