कालिका परिवर्तनशीललाई शुभकामना

आदर्श समाज सम्वाददाता
चैत्र १३, २०७४
Kalika Subhakamana

हेमजा, १२ चैत ।पोखरा-२५, हेमजा, कालिकाचोकमा हालै स्थापितशशख भएको कालिका परिवर्तनशील समूहलाई शुभकामना दिइएको छ। समाजमा भएका विकृति र विसंगतिलाई उन्मुलन गर्ने उद्देश्यले स्थापना गरिएको उक्त समूहलाई शुभकामना दिएको हो।

शनिवार भएको कार्यक्रममा बोल्दै सहारा क्लवका पुर्व अध्यक्ष बीरभद्र आचार्यले समूहलाई सफलताको शुभकामना दिर्दै संस्थाको विकास आर्थिक पारदर्शिता र पदाधिकारीको अनुशासनमा भरपर्ने बताए।

सो अवसरमा स्थानीय नेत्रपाणि भण्डारी, मणिरत्न अधिकारी, पूर्व जनप्रतिनिधि सा. मुक्तिराम भण्डारी, वडा सदस्य लक्ष्मी अधिकारी, कालिका टोलविकास संस्थाका अध्यक्ष दिपकबहादुर थापा, सहारा क्लवका सदस्य नवराज अधिकारी लगायतले शुभकामना दिदैं समूहले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

समूहका अध्यक्ष सुमन थापा मगरले सरोकारवालाको राय सल्लाहअनुसार संस्थाले कार्य गर्ने प्रतिबद्घता व्यक्त गरे। समूहका कोषाध्यक्ष चन्द्रेश्वर अधिकारीले स्वागत गरेको उक्त कार्यक्रम समूहका सचिव विभिषण अधिकारीले सञ्चालन गरेका थिए। समूहका अध्यक्ष सुमन थापामगरको अध्यक्षतामा कार्यक्रम भएको थियो।

Related News

सम्बन्धित समाचार

  • अमरसिंह माविको ६८ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता चैत्र १४, २०८०
    पोखरा । अमरसिंह माध्यमिक विद्यालय नमूना रहेको चर्चा गरिएको छ । पोखरा–१२, रामघाट स्थित विद्यालयको मंगलवार भएको ६८ औं वार्षिकोत्सव, अभिभावक…
  • लायन्स लेखनाथमा कृष्णप्रसाद

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    लेखनाथ । लायन्स क्लब अफ लेखनाथको २५ औं शाखा अधिवेशनले वर्ष २०२४/२५ का लागि कृष्णप्रसाद तिमिल्सेनालाई अध्यक्षका लागि चयन गरेको…
  • ‘ज्येष्ठ नागरिकलाई सम्मान गरौं’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्नेमा जोड दिइएको छ । ज्येष्ठ नागरिक मञ्च पोखरा ८ तथा वडा कार्यालयको संयुक्त आयोजनामा…
  • फेवा महोत्सवमा ड्यामसाइडमा पनि विविध गतिविधि

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा। १९ औं फेवा नव वर्ष महोत्सवलाई पर्यटकीय राजधानीको इज्जत धान्ने गरी नयाँपन प्रदान गर्न विभिन्न संघसंस्थाले सुझाव दिएका छन्…
  • ‘मादलको घिन्ताङ गुञ्जाउँछौं सराङकोट’

    आदर्श समाज सम्वाददाता चैत्र १३, २०८०
    पोखरा । पोखरा–१८, सराङकोटका महिला दिदीबहिनीहरुले आफूहरु स्वावलम्बनको मार्गमा अघि बढिरहेको बताएका छन् । वडा कार्यालयको आयोजनामा भएको महिला सशक्तीकरण…

hero news full width