Worldlink ads

धर्मको रक्षा गरे सबैको रक्षा : प्रदेश प्रमुख

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४

लेखनाथ, ११ चैत। प्रदेश प्रमुख बाबुराम कुँवरले धर्मको रक्षा गर्न सके धर्मले सबैको रक्षा गर्ने बताएका छन् ।

र्ँधर्म भनेको नियम हो । त्यसमा  विधि र सही किसिमको शासन हुन्छ,’ उनले भने,’जब विधि र शासनलाई नियमानुसार पालना गरिन्छ, त्यसले देशमा शान्ति र समृद्धिको शुरुवात ल्याउँछ ।’

रामनवमी पर्व अवसरमा पोखरा लेखनाथ महानगरपालिका वडा ३१ किंंमवेशीस्थित शिवगोरक्षनाथ पीठ सिद्धाश्रममा काली मन्दिर, भैरव मन्दिर, प्राण प्रतिष्ठा यज्ञकुण्ड आइतबार उद्घाटन गर्दै प्रदेश प्रमुख कुँवरले सो बताएका हुन् ।

पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश ४ धार्मिक पर्यटकको दृष्टिले प्रचूर सम्भावना भएको क्षेत्र भएकाले यहाँ रहेका धार्मिक मठ मन्दिरको प्रचार प्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, पोखरा लेखनाथ महानगरपालिकाका कानूनी अधिकृत राममणी अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी लगायतले धार्मिक क्षेत्रको संरक्षणमा सबैको साथ र सहयोग चाहिनेमा जोड दिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमनाथ भट्टराइले मन्दिरको वस्तुस्थितिबारे जानकारी गराउँदै २०४१ सालमा योगी नरहरिनाथले कोटी होम लगाएर निर्माण गरिएको मन्दिर नेपाल सरकार, महानगरपालिका, दानवीर, सांसद विकास कोष, सञ्चालक समितिको समन्वयवाट नै मन्दिरको व्यवस्थापन यहाँसम्म ल्याउन सकिएको बताए।

पोखरा लेखनाथ महानगरपालिका वडा ८ निवासी दानवीर कृष्णबहादुर कुँवरले यज्ञस्थलभित्र काली मन्दिर तथा भैरव मन्दिरको निर्माण गरेका थिए ।

यस्तै, निर्मल खाँण र सुमन खाँणले होमकुण्डको निर्माणमा सहयोग पुर्‍याएकोमा सम्मान गरिएको थियो।

सोही अवसरमा ७७ वर्षीय दानवीर कृष्णबहादुर कुवँरले मन्दिर संरक्षणका लागि ५ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षय कोषको स्थापना गरेका छन्।

समितिका सदस्य कृष्णप्रसाद ढुंगानाले सञ्चालन गरेको सो कार्यक्रममा दानवीर कृष्णबहादुर कुवँरकाबारे महासचिव भरतराज तिवारीले जानकारी गराएका थिए।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग