Worldlink ads

ज्योतिष परिषद् प्रदेश ४ मा कोइराला

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४
jyotish

पोखरा, ११ चैत। नेपाल ज्योतिष परिषद प्रदेश ४ मा ज्योतिष रामप्रसाद कोइराला चयन भएका छन्। परिषदको पोखरामा शनिबार सम्पन्न अधिवेशनले कोइरालाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो।

कार्यसमिति वरिष्ठ उपाध्यक्षमा दुर्गादत्त शर्मा आचार्य, उपाध्यक्ष महोराज ढकाल, टेकनारायण शर्मा, शान्ति श्रेष्ठ र भीमनाथ कुँइकेल छन् । महासचिवमा कमल पौडेल चयन हुँदा उपमहासचिवमा देवीप्रसाद रेग्मी, नारायणप्रसाद पौडेल र कृष्णकान्त काफ्ले छानिए ।

त्यस्तै, सचिवमा विजय दोरङ्गा, कोषाध्यक्ष तोयनाथ आचार्य, प्रचार सचिव दिनेश परियार, संगठन सचिव धनपति रेग्मी र सहकोषाध्यक्ष गोविन्द रिजाल छन्।

सदस्य उमाकान्त शर्मा रेग्मी, हिरण्यप्रसाद शर्मा, कमलापति रेग्मी, हरि घिमिरे, होमनाथ पोखरेल, ओमप्रसाद उपाध्याय, भुवानी बराल, तेजबहादुर भुजेल, पुष्पराज न्यौपाने र संगीता थापा लगायत छन्।

विश्वज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलले अधिवेशनको उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रमुख अतिथि डा पौडेल, दक्षिण एशियाली ज्योतिष महासंघका सभापति डा सहदेव विष्ट, नेपाल ज्योतिष परिषदका केन्द्रीय उपाध्यक्ष प्रेमकुमारी गुरुङ, अधिवेशन संयोजक पं. सन्तोष वशिष्ठ, ज्योतिष परिषद केन्द्रीय उपमहासचिव हिराकाष्यप शास्त्री, ज्योतिष परिषदका सचिव लक्ष्मण पन्थी, केन्द्रीय कार्यालय सचिव वेदराज पन्त, वेदनिधि अधिकारी र मीनप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए।

संयोजक पण्डित आचार्य सन्तोष वशिष्ठ, सचिव लक्ष्मण पन्थी, केन्द्रीय सचिव वेदराज पन्त, सदस्य नारायण बराल र वासुदेव सुवेदी रहेको निर्वाचन मण्डलद्वारा परिषदको पदाधिकारी तथा सदस्यलाई निर्वाचित गरेको हो। ज्यो रामप्रसाद कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा मोहराज ढकालले स्वागत र ज्योतिष प. कमल पौडेल शास्त्रीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको सामाजिक…
    • एक्यापसँग निरीह तल्ला सरकार

      आदर्श समाज सम्वाददाता माघ ३, २०७८
      पोखरा। कास्कीको मादी गाउँपालिकाले आफ्नो क्षेत्रबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) हटाइदिन संघ सरकारसँग आग्रह गरेको छ । विकासमा साझेदारी…
    • पत्रकार नारदजस्तो तटस्थ र निर्भीक हुनुपर्छः बास्तोला

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      कपिलबस्तु । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकार नारदजस्तो हुन सक्नु पर्ने बताएका छन् । उनले स्वतन्त्र…
    • नेपाली नर्स लैजान बेलायत तयार

      रासस माघ १, २०७८
      पोखरा । नेपाल र बेलायतबीच श्रम सम्बन्ध कायम गर्ने विषयमा दुई देशका अधिकारी सहमत भएका छन्। दुवै देशका अधिकारीबीच शुक्रबार…
    • नरभक्षी बाघ नियन्त्रणका लागि टोली परिचालन   

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा बाघको आक्रमण बढ्दै गएपछि सो बाघको अनुगमन र नियन्त्रणका लागि टोली खटिएको छ । जिल्लाको विनयी त्रिवेणी…

    hero news full width