निसिखोलामा स्वास्थ्य शिविर

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४
baglung sibir

पोखरा, ११ चैत । बाग्लुङको निसिखोला गाउँपालिका वडा २, देवीस्थानमा बृहत् स्वास्थ्य शिविर गरिएको छ ।

कर्म फ्लाइट फाउण्डेशन नेपाल र नेपाल इजको सहयोगमा दुर्इ दिनसम्म चलेको सो शिविरबाट ६ सय ५२ जना लाभान्वित भएका छन् ।

शिविर उद्घाटन गर्दै निसिखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले आफ्नो गाउँमा स्वास्थ्य शिविर गरिदिएको खुशी व्यक्त गरे ।

शिविरमा प्राविधिकतर्फ डा मोहन बिक, स्वास्थ्य प्राविधिक कृष्ण पाण्डे, लेखनाथ रेग्मी र लालमाया कुँवर लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

कर्म फ्लाइट फाउण्डेशनका नेपालका डाइरेक्टर प्रेम कुँवरले आगामी दिनमा पनि आफ्नो फाउन्डेसनले विकट ग्रामीण भेगमा स्वास्थ्य, शिक्षा र खानेपानीमा सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।

शिविरलाई कर्म फ्लाइट फाउण्डेशन नेपालका अध्यक्ष कुँवर र नेपाल इजकी अध्यक्ष क्लेरी सिलिले महत्वपूर्ण सहयोग गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width