कालिका परिवर्तनशील स्थापना

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४
kalika paribartan hemja

हेमजा, ११ चैत । समाजमा भएका विकृति र विसंगतिलाई उन्मुलन गर्ने उद्देश्यले हेमजाको कालिकाचोकमा हालै स्थापित कालिका परिवर्तनशील समूहलाई शुभकामना दिइएको छ ।

यहाँ भएको एक कार्यक्रममा बोल्दै सहारा क्लब पोखराका पूर्व अध्यक्ष वीरभद्र आचार्यले समूहलाई सफलताको शुभकामना दिँदै संस्थाको विकास आर्थिक पारदर्शिता र पदाधिकारीको अनुशासनमा भरपर्ने बताए ।

सो अवसरमा स्थानीय नेत्रपाणि भण्डारी, मणिरत्न अधिकारी, पूर्व जनप्रतिनिधि सा.मुक्तिराम भण्डारी, वडा सदस्य लक्ष्मी अधिकारी, कालिका टोल विकास संस्थाका अध्यक्ष दीपकबहादुर थापा, सहारा क्लब पोखराका सदस्य नवराज अधिकारी लगायतले समूहले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

समूहका अध्यक्ष सुमन थापामगरले सरोकारवालाको राय सल्लाह अनुसार संस्थाले कार्य गर्ने प्रतिबद्घता व्यक्त गरे।

समूहका कोषाध्यक्ष चन्द्रेश्वर अधिकारीले स्वागत गरेको उक्त कार्यक्रम समूहका सचिव विभिषण अधिकारीले सञ्चालन गरेका थिए । समूहका अध्यक्ष सुमन थापामगरको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width