Worldlink ads

गाउँ पर्यटन प्रबर्द्धनमा भिटोफ

आदर्श समाज सम्वाददाता
चैत्र १२, २०७४
bandipur

पोखरा, ११ चैत । गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल (भिटोफ) प्रदेश ४ का अध्यक्ष रवीन्द्रराज पौडेलले गाउँ पर्यटन प्रवर्द्धनमा भिटोफ अग्रस्थानमा रहेको बताएका छन्।

बन्दीपुर गाउँपालिका वडा २ चण्डेनी, पीपलथोकमा रहेको बन्दीपुर सामुदयिक होम स्टेले आयोजना गरेको होम स्टे प्रबर्द्धन सम्मान तथा अभिनन्दन कार्यक्रममा बोल्दै उनले प्रदेश ४ भित्र रहेका कुनै पनि गाउँमा होम स्टे सञ्चालन गर्न चाहेमा स्थानीयलाई आवश्यक सहयोग गर्न भिटोफ तयार रहेको बताए।

कार्यक्रममा भिटोफ केन्द्रिय वरिष्ठ सल्लाहकार प्राडा प्रेम शर्माले नेपालको हावापानी र वातावरण पर्यटनमैत्री भएकोले नेपालका हरेक क्षेत्र पर्यटकीय क्षेत्र भएको बताएँदै तर प्रचारप्रसारको अभावमा ओझेलमा परेको बताए ।

सो अवसरमा १२ जना बढी सञ्चारकर्मी तथा प्रबर्द्धनमा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई सम्मान गरिएको थियो।

यस्तै भिटोफका पदाधिकारीले बन्दीपुर गाउँपालिका वडा ५ कोरिखामा रहेको कोरिखा सामुदायिक होम स्टेको अवलोकन भ्रमण समेत गरेका छन्।

Related News

सम्बन्धित समाचार

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads