Worldlink ads

एसर्इइ परीक्षा शुरू, पहिलो दिन देशभर शान्तिपूर्ण

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७४
SEE Exam

काठमाडौं, ८ चैत । माध्यमिक शिक्षा परीक्षा (एसर्इइ) बिहीबारबाट शुरु भएको छ । पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्णरुपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बिहान ८ बजेबाट ११ बजेसम्म देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ शुरु परीक्षा पहिलो दिन शान्तिपूर्वरुपमा सम्पन्न भएको नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए ।

परीक्षाको पहिलो दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उपत्यकाका ३ जिल्लामा अनुगमन गरेका थिए । पहिलो दिन अंग्रेजी विषयको परीक्षा भएको छ ।  र्एसइर्इ परीक्षामा चार लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका छन् । परीक्षामा प्रत्येक केन्द्रमा एकजना केन्द्राध्यक्ष, २ हजार ४ सय ५० सहायक केन्द्राध्यक्ष, २० हजार ३ सय ४० निरीक्षक, १० हजार ६ सय ७६ सहयोगी र २९ हजार ३ सय ४० सुरक्षाकर्मी गरी कुल ६४ हजार ७ सय ६२ जनशक्ति परिचालित भएको रेग्मीले बताए । साधारणतर्फको परीक्षा १७ गते तथा प्राविधिकतर्फको परीक्षा २० गतेसम्म सञ्चालन हुनेछ । यसवर्ष माध्यमिक शिक्षा पाठयक्रम २०७१ अनुसार नयाँ पाठयक्रमका आधारमा प्रश्नपत्र तयार पारिएको बताइएको छ। अनुत्तीर्ण परीक्षार्थी र अक्षराङ्न पद्दतिको नतिजामा विभिन्न विषयमा ‘सी’ ग्रेड वा सोभन्दा तल्लो ग्रेड प्राप्त भई ग्रेडवृद्धि परीक्षामा ग्रेडवृद्धि गर्न नसकेका परीक्षार्थीका लागि समेत एक्जामटेड परीक्षार्थीका रूपमा परीक्षा दिने व्यवस्था गरिएको परीक्षा नियन्त्रक रेग्मीले जानकारी दिए।

सबै प्रदेश समेटिने गरी राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा शिक्षा मन्त्रालय मार्फत् सहसचिवको नेतृत्वमा अनुगमन टोली, क्षेत्रीय शिक्षा निर्देशनालयमा आफ्नो क्षेत्रभित्र अनुगमन टोली र जिल्लामा परीक्षा समन्वय समितिका पदाधिकारी एवं जिल्ला शिक्षा कार्यालयका कर्मचारीलाई अनुगमनमा खटाइएको छ। अनुगमन टोलीले परीक्षामा अमर्यादित कार्य गर्ने वा गर्न उक्साउने जो-कोहीलाई स्थलगत रूपमै कारबाही गर्नसक्ने अधिकार दिइएको छ। परीक्षालाई बाधा पुग्ने गरी अमर्यादित कार्य गर्नेलाई रु एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। ‘आगामी वर्षदेखि एसर्इइ परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्ने तयारी शुरु गरिएको छ’ रेग्मीले भने।

यसैगरी, स्याङ्जा संवाददाता अनुसार ५५ वर्षीय परीक्षार्थीले पदमप्रसाद श्रेष्ठले एसर्इइ दिएका छन्।

पुतलीबजार नगरपालिकाको कालिका मावि झापाकोटमा विगत २ वर्षदेखि अध्ययनरत ५५ वर्षीय पदमकुमार श्रेष्ठले पुतलीबजार नगरपालिका १३ को मातृभुमि माध्यमिक परिक्षाकेन्द्रबाट पहिलो दिन अंगे्रजीको परीक्षा दिएका हुन।

भिरकोट नगरपालिका १ निवासी श्रेष्ठले कक्षा ८ मा भर्ना भई यसपटक एसर्इइमा सहभागी भएका विद्यालयका प्रधानाध्यापक शिव रेग्मीले जानकारी दिए। जिल्लामा ५ हजार ८ सय ९ नियमित तथा २ सय २८ एक्जाम्टेड गरी ६ हजार ३७ जना परीक्षार्थी रहेकोे जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले जानकारी दिए। पहिलो दिनको परीक्षामा नियमित तथा एम्जाम्टेड गरी १ सय ५२ जना अनुपस्थित रहेका छन्।

परीक्षाका लागि ३३ वटा केन्द्र तोकिएका छन्। परीक्षालाई शान्त र मयािदत ढंगले सम्पन्न गर्नका लागि ३३ केन्द्राध्यक्ष, ३५ सहायक केन्द्राध्यक्ष, २ हजार ९२ निरीक्षक, १ हजार एक सय ४२ सहयोगी र तीन सय ३० जना सुरक्षाकर्मी प्रयोग गरिएको छ। नवलपरासी संवाददाताका अनुसार नवलपरासी पूर्व र पश्चिमतर्फ गरी ४१ व्ाटा परीक्षा केन्द्रबाट नियमिततर्फ १० हजार ९ सय ४४ जना, एक्जाम्टेड २ सय ३० र प्राविधिकतर्फ २ सय ७० विद्यार्थी सहभागी भएका छन्।

परीक्षा शान्तिपूर्ण रुपमा भएको जिल्ला शिक्षा कार्यालय नवलपरासीका सहायक जिल्ला शिक्षा अधिकारी तोयानाथ लम्सालले बताए।  बर्दघाट सुस्ता पूर्व नवलपरासीबाट २४ वटा केन्द्रमा ६ हजार १ सय ६० जना विद्यार्थी सहभागी भएका छन् भने बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा १७ वटा परीक्षा केन्द्रमा ४ हजार ७ सय ९८ जना परीक्षार्थी सहभागी भएको स्रोतकेन्द्रले जनाएको छ।

Related News

सम्बन्धित समाचार

    • गुडिरहेको बसमा आगलागी

      रासस कार्तिक ७, २०७८
      धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख…
    • मुख्यमन्त्री पोखरेलले लिए पोखराका मेयर जिसीको स्वास्थ्य अवस्थाबारे जानकारी

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका…
    • महिलाले शव बोकेर घाटसम्म पुर्‍याए

      रासस कार्तिक ६, २०७८
      तनहुँ । छोरीले शव बोक्न तथा काजक्रिया गर्नुहुँदैन भन्ने सामाजिक कुरुतीलाई तोड्दै यहाँका महिलाले शव बोकेर सेतीमादी नदीको सङ्गमस्थल दमौलीघाटसम्म…
    • किन देखिन्छन् समाजमा यौन विकृति ?

      रामप्रसाद सुवेदी कार्तिक ६, २०७८
      अहिले नेपाली समाजमा घटेका अनेक घटनाले सामाजिक सञ्जाल भरिएको पाइन्छ । त्यसको मात्रा हेर्ने हो भने धेरै यौनजन्य क्रियाकलामा जोडिएका…
    • आत्महत्याविरुद्ध पत्रकारलाई अभिमुखीकरण

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      लमजुङ । लमजुङमा कार्यरत पत्रकारका लागि आत्महत्याविरुद्ध अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा कोशिस नेपालको सहयोगमा आयोजित अभिमुखीकरण…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग