रञ्जन-रुद्रलाई जगन्नाथ स्मृति पुरस्कार

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७४

पोखरा, ८ चैत । आदर्श समाज दैनिकका संवाददाता रञ्जन अधिकारी जगन्नाथ सिग्देल स्मृति युवा प्रोत्साहन पत्रकारिता पुरस्कार-२०७४ बाट पुरस्कृत हुने भएका छन् । त्यस्तै, अघिल्लो वर्षको सोही नामको पुरस्कार पत्रकार रुद्र श्रीषमगरलाई दिइने भएको छ ।

प्रतिभा छनोट समितिले पत्रकारद्वय अधिकारी र श्रीषमगरलाई पुरस्कृत गर्न सिफारिस गरेकोमा पत्रकार महासंघ कास्कीको बिहीबार बसेको बैठकले सो निर्णय गरेको महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

सिग्देल परिवारद्वारा स्थापित सो पुरस्कार पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दैआएको छ । यही चैत १६ मा एक समारोह गरी दुवै वर्षको पुरस्कार प्रदान गरिनेछ ।

प्रतिभा छनोट समितिमा पुण्य पौडेल, घनश्याम पाण्डे, दुर्गा अधिकारी, महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना थिए ।

विगत ९ वर्षदेखि पत्रकारितामा क्रियाशील पत्रकार अधिकारी आदर्श समाज दैनिकसँगै बिग एफएम, गण्डकन्यूज डटकममा कार्यरत छन् ।

धादिङ पत्रकार समाज पोखराका अध्यक्ष समेत रहेका उनी पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य र खेलकुद पत्रकार मञ्च कास्की सचिव छन् ।२०६५ सालमा रेडियो अन्नपूर्णबाट पत्रकारिता शुरु गरेका अधिकारी छापा, रेडियो र अनलाईन सञ्चारमाध्यममा आवद्ध छन् । निरन्तर रेडियो पत्रकारितामा क्रियाशी उनी गोलनेपाल डटकम, खेलदैनिक डटकम र एभिन्युज टेलिभिजनमा जोडिएका छन् । अधिकारी यसअघि यातायात पत्रकारिता पुरस्कार २०७३ बाट सम्मानित भएका छन् ।

यस्तै, पत्रकार श्रीषमगर कास्की आवाज राष्ट्रिय दैनिक र फेवा टेलिभिजनमा आबद्ध छन् । ११ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी नेपाल मगर पत्रकार महासंघका उपमहासचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय पार्सद तथा पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width