पोखरामा राष्ट्रिय नाटक महोत्सव शुरू

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७४
theater

पोखरा, ८ चैत। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा बिहीबारदेखि राष्ट्रिय नाटक महोत्सव शुरु भएको छ।

गैह्रापाटनस्थित पोखरा थिएटरको गर्न्धर्व नाटकघरमा सरुभक्त श्रेष्ठले लेखेका नाटक ‘थाङ्ला’ बाट महोत्सव शुरुवात गरियो। अनुप बरालको निर्देशन रहेको यो नाटकले पोखरेली दर्शकको साथ पायो।

नेपाली रंगमञ्चमा स्थापित बनिसकेका कलाकारको बेजोड अभिनय दर्शकको लागि रुचीकर बनेको थियो। आफ्नै जन्मठाउँमा लामो समयपछि आफूले निर्देशन गरेको नाटक प्रदशन गर्न पाउँदा निर्देशक बराल उत्साहित देखिन्थे ।

प्रदश ४ का मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले नाटक महोत्सवको उद्घाटन गर्दै संगीत नाट्य एकेडेमी विकेन्द्रीकरण गर्नुपर्ने कुरामा जोड दिए। संघीयता कार्यान्वयनसंगै हरेक प्रदेशमा एकेडेमी खोल्नुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ, संस्थापक सदस्य तीर्थ श्रेष्ठ, नाट्य विभाग प्रमुख रमेशनन्दन झा, कार्यक्रम संयोजक पुष्कर गुरुङ, पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्की लगायतले बोलेका थिए। नाटक महोत्सवमा शुक्रबार दिउँसो १ बजे र साँझ ५ बजे नाटक ‘थाङ्ला’ मञ्चन हुनेछ। यसैगरी, शनिबार र आइतबार राजन खतिवडाको निर्देशन रहेको नाटक ‘एन्टिगोनी’ मञ्चन हुनेछ। चैत १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा १० नाटक मञ्चन हुनेछन्।

महोत्सवमा देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसंगै नाट्य क्षेत्रमा भएका गतिविधिको बारेमा जान्ने अवसर पाउने आयोजकले जनाएको छ ।

नाटक महोत्सवको स्थानीय व्यवस्थापन पोखरा थिएटरले गरेको छ। विश्व रङ्गमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रबारे अन्तरक्रियासमेत हुने स्थानीय व्यवस्थापक एवम् पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिए।

महोत्सवमा युथ क्रियशन थिएटर पोखराको ‘भर्जिन कथा’, हिमाली सांस्कृतिक परिवारको ‘नारी शिक्षा’, ओथेलो नाट्य समूह पोखराको ‘जयगान’, नेशनल आर्ट स्कूल पोखराको ‘सान्नानीको सन्ते राजा’, राष्ट्रिय नाचघर काठमाडौंको ‘एक चिहान’, मञ्जरी नाट्य समूह लमजुङको ‘पानिघट्ट’, सद्भाव थिएटर काठमाडौंको ‘चाँदीको घेरा’,  लोक सञ्चार जनकपुर एवम् सिल्पी थिएटरको ‘सखी’ लगायत नाटकसमेत मञ्चन हुनेछन्।

चैत ९ देखि  ११ गतेसम्म हरेक दिन दिउँसो १ र साँझ ५ बजे नाटक मञ्चन हुनेछ। चैतको १२ र १३ मा ४ बजेसमेत थप शो हुनेछ।  महोत्सव समापनपछि समीक्षासमेत हुने कार्यक्रम छ।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width