ज्येष्ठ नागरिकको सामूहिक सम्मान

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७४
ranjan (2)

पोखरा, ८ चैत । पोखरा लेखनाथ महानगरपालिका वडा ९ का ज्येष्ठ नागरिकलाई बिहीबार एक समारोह आयोजना गरी सम्मान गरिएको छ । वडाका ८४ वर्ष पार गरेका झण्डै ५० जना ज्येष्ठ नागरिकलाई दोसल्ला र कदरपत्रका साथ सम्मान गरिएको हो ।

वडा कार्यालय, ज्येष्ठ नागरिक सम्मान समितिले आयोजना गरेको सो समारोहमा प्रमुख अतिथि महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, समाजसेवी वसन्तकेशव पराजुली, शिक्षासेवी गणेशबहादुर गुरुङ लगायतले सम्मान गरेका थिए । प्रमुख अतिथि जिसीले आफू मेयर हुनुपूर्व आफू र पार्टीले ज्येष्ठ नागरिकलाई प्रदान गर्ने भत्ता बढाउने प्रतिबद्धता जनाएको स्मरण गरे । उनले ज्येष्ठ नागरिकलाई हरेक २ महिनामा स्वास्थ्य जाँच गर्ने गरेको जनाउँदै जनशक्ति तयार हुनासाथ हरेक महिना महानगरपालिकाभित्र स्वास्थ्य जाँचको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वडा सचिव लोकदर्शन कोर्इराला, विश्व शाक्य लगायतले ज्येष्ठ नागरिकलाई हेला गर्न नहुने बताए ।

समितिका अध्यक्ष केशवराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य नन्दुराम गिरीले स्वागत तथा समिति सचिव नरेन्द्रमान लालचनले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width