Worldlink ads

पोखरामा बैंकिङ बिमा एक्स्पो हुने

आदर्श समाज सम्वाददाता
चैत्र ९, २०७४
ranjan (1)

पोखरा, ८ चैत । मिडिया इन्टरनेशनलको आयोजनामा पोखरामा बैकिङ बिमा एक्स्पो हुने भएको छ । बैकिङ सूचना प्रवाह गर्ने तथा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही चैत ११ र १२ गते बैकिङ बिमा एक्स्पो हुने वित्तीय जागरण राष्ट्रिय अभियानले जनाएको छ । सर्वसाधारणमा बैकिङ पहुँच बढाउँदै बैंकबाट कर्जा लिएर उद्यमशीलताको विकास गर्न समेत एक्स्पो प्रभावकारी हुने आयोजकको विश्वास छ ।

अभियान संयोजक माधव निदोर्षले बैकिङ क्षेत्रको पहुँचमा नरहेकालाई सेवा दिएर स्वदेशमा उद्यमशीलताको प्रबर्द्धन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य हुने बताए । साथै बिमाको विकास, बिस्तार तथा बिमाको आवश्यकता र महत्वबारे एक्स्पोमार्फत आमनागरिकले सही सूचना पाउने आयोजकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक पोखराका कामु निर्देशक तिलबहादुर गुरुङले अझै पनि ६० प्रतिशत बढी नागरिक बैकिङ पहुँच बाहिर रहेको जनाउँदै चेतनाको अभाव रहेकोले घरमै पैसा थुपार्ने गरेको बताए । उनले एक्स्पो प्रभावकारी हुने बताए ।

डेभलपमेन्ट बैर्ंकर्स एशोसिएसनका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद ढकालले वित्तिय सेवाको पहुँच रहेको अवस्थामा आमनागरिकमा बैकिङ सचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । डेभलपमेन्ट बैर्ंकर्स एशोसिएसनका सचिव तथा गण्डकी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापा, ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ लगायतले एक्स्पो मार्फत वित्तीय सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

एक्स्पोमा विभिन्न बैंक तथा वित्त र बिमा कम्पनीको सूचनामूलक स्टल रहनेछन् । साथै बैकिङ लगानी, कर्जा, उद्यमशीलता, बैकिङ तथा बिमा टेक्नोलोजी एवं बिमाको महत्वका विषयमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ ।

यसअघि, काठमाडौ र इटहरीमा भैसकेको एक्स्पो पोखरामा भने पहिलो पटक हुँदैछ । मिडिया इन्टरनेश्नलको आयोजना, नेपाल राष्ट्र बैंकको प्रबर्द्धन तथा बिमा समितिसँगको साझेदारीमा हुने कार्यक्रमलाई नेपाल बैर्ंकर्स संघ, डेभलपमेन्ट बैर्ंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र माइक्रो फाइनान्स बैर्ंकर्स एशोसिएसनले सहयोग गर्नेछन् । कार्यक्रम सञ्चालन सञ्चारकर्मी कञ्चन थापाले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

    • नेप्सेमा उच्च गिरावट

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका…
    • कच्चा पदार्थकोे मूल्य बढ्दा तेलको मूल्य बढ्यो

      रासस भाद्र ३०, २०७८
      काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक…
    • बुधबारदेखि सरकारले खर्च खर्च गर्न नपाउने

      रासस भाद्र २९, २०७८
      काठमाडौं । विनियोजन विधेयक, २०७८ पारित नभएपछि सरकारले राज्यकोषबाट बुधबारदेखि खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकपछि सङ्घीय…
    • व्यवसायीको क्षमता विकास मेरो एजेन्डा : भट्टराई

      आदर्श समाज सम्वाददाता भाद्र २९, २०७८
      लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको १३ औं महाधिवेशनमा द्वितीय उपाध्यक्ष पदमा व्यवसायी शैलेन्द्रमोहन भट्टराईले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्…
    • नेप्सेमा झिनो अङ्कको वृद्धि

      रासस भाद्र २८, २०७८
      काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads