Worldlink ads

सिग्देल परिवारमा शोक

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७४

पोखरा, ७ चैत। पोखरा लेखनाथ महानगरपालिका वडा १३ स्थित सिग्देल परिवारमा शोक परेको छ।

पृथ्वीधर सिग्देल समाजकी सदस्य मनोहरा सिग्देलको ७४ वर्षका उमेरमा निधन भएको हो।

झण्डै १ वर्षदेखि क्यान्सरबाट प्रभावित उनको फिष्टेल अस्पतालमा उपचारक्रममा बुधबार निधन भएको हो। सिग्देलको पार्थीव शरीर बुधबार पोखरा रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरिएको छ। शवयात्रामा आफन्त, शुभेच्छुक र परिवारजन सहभागी थिए। उनका ३ छोरा सूर्यकान्त, केशव र सञ्जयकान्त तथा ४ छोरी रेखा, साधना, सम्झना र सरोजा छन्। छोरातर्फ ८ र छोरीतर्फ १० जना नाति/नातिना छन्।

स्व सिग्देलका छोरा सूर्यकान्त नेपाल सरकार प्रदेश ५ का सचिव हुन्। केशव सामाजिक क्षेत्रमा क्रियाशील छन् भने सञ्जय कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सहित पर्यटन व्यवसायी हुन्।

Related News

सम्बन्धित समाचार

    • सयपत्री सहकारीको साधारणसभा

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा । सयपत्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारण सभा शनिबार भएको छ । गत भदौ २४ देखि २७…
    • पोखरा बचत सहकारीमा नयाँ सञ्चालक समिति

      आदर्श समाज सम्वाददाता असाेज ३, २०७८
      पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्था, नयाँबजारको २२ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशनले पुनः इ.सुरेन्द्रबहादुर गोदारको अध्यक्षतामा…
    • उपाय सिटी कार्गोको सेवा पोखरामा

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । उपाय सिटी कार्गोले युकेएड स्किल्स फर एम्प्लोय्मेन्ट (सीप)को साझेदारीमा पोखरामा सेवा सुरु गरेको छ । पोखरामा ९ महिना…
    • ‘मातृशिशु मितेरी अस्पताललको सेवा उल्लेखनीय’

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका उल्लेखनीय…
    • ग्रामीण भेग लक्षित सुपथ मूल्य पसल सञ्चालनमा जोड

      आदर्श समाज सम्वाददाता असाेज २, २०७८
      पोखरा । गण्डकी प्रदेश सरकारका पर्यटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बजारमा हुने गरेको अनुगमनलाई व्यावहारिक गराउँदै अनुगमन…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads