Worldlink ads

डढेलो नियन्त्रण गर्न सडक र्‍याली

आदर्श समाज सम्वाददाता
चैत्र ८, २०७४
ban-dadhelo-sambandhi-sache

हेमजा,७ चैत। वन डढेलो नियन्त्रण तथा व्यवस्थापन जनचेतना सप्ताहअन्तर्गत जिल्ला वन कार्यालय कास्कीको आयोजनामा अन्नपूर्ण गाउँपालिका-३, काँडेमा सडक र्‍याली सम्पन्न भएको छ।

हरेक वर्ष चैते पहिला हप्तालाई जिल्ला वन कार्यालय कास्कीले वन डढेलो नियन्त्रण तथा व्यवस्थापन जनचेतना सप्ताहका रूपमा मनाउँदैआएको छ।

स्थानीय मराउँचे तथा ल्होसेपाखा रानीवन सामुदायिक वन उपभोक्ता समूहका सदस्य उक्त र्‍यालीमा सहभागी भएका थिए। जसको व्यवस्थापन इलाका वन कार्यालय ढिकुरपोखरीले गरेको थियो।

कार्यक्रममा इलाका वन कार्यालयका सहायक वन अधिकृत धु्रवबहादुर मल्लले उपभोक्ताले वनको दिगो व्यवस्थापनमा जोड दिँदै समुचित प्रयोग गर्नुपर्ने औल्याए।

कार्यक्रममा मराउँचे सामुदायिक वनका अध्यक्ष देव गिरी तथा ल्होसेपाखा रानीवन सामुदायिक वनका अध्यक्ष गमबहादुर गुरुङले पनि धारणा राखेका थिए।

कार्यक्रमबीच मराउँचे सामुदायिक वनका प्रतिनिधि भोलानाथ पौडेलको संयोजकत्वमा दुवै वनका सदस्य रहने गरी ९ सदस्यीय डढेलो नियन्त्रण संजाल गठन गरिएको छ। यसैबीच, वन डढेलो नियन्त्रणसम्बन्धी सप्ताहव्यापी सचेतना अभिवृद्धि कार्यक्रम कास्कीमा सम्पन्न भएको छ ।

जिल्ला वन कार्यालय कास्कीको आयोजनामा चैत्र १ देखि ७ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरी सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको कास्कीका जिल्ला वन अधिकृत केदार बरालले जानकारी दिए।

जिल्ला वन कार्यालयले जिल्ला दैवी प्रकोप उद्धार समिति कास्कीले बैठक आयोजना गरी सम्पूर्ण सरोकारवालाको सहयोग र समन्वयमा वन डढेलो नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले जिल्ला वन अधिकृत बरालले समितीलाई ६ सेट वन डढेलो नियन्त्रण औजार प्रदान गरेका थिए।

साताभर जिल्लाका विभिन्न ८ स्थानमा सचेतना गोष्ठी र र्‍याली, ८ वटा सामुदायिक वनमा वन डढेलो नियन्त्रणका अभ्यास, ५ वटा विद्यालयका विद्यार्थीलाई वन डढेलो नियन्त्रण र प्राकृतिक श्रोत संरक्षणसम्बन्धी शिक्षण लगायत कार्यक्रम सञ्चालन गरिएका थिए।

कार्यक्रममा जिल्ला वन अधिकृत केदार वरालले डढेलोले वन तथा जैविक विविधितामा विनास गर्ने, सुख्खापन बढाउनुका साथै जलवायु परिवर्तनमा समेत नकारात्मक असर पार्ने भएकाले यो वनको ठूलो शत्रु भएको बताए ।

शिशुवा इलाका वन कार्यालयका सहायक वन अधिकृत कमल लम्सालले डढेलोसँगै अवैध कटानी र वन्यजन्तुको अवैध शिकार गर्ने कार्य पनि गैरकानुनी भएकाले सो को रोकथाम गर्नु पर्ने विचार राखेका थिए।

कार्यक्रममा सहायक वन अधिकृत शालिकराम पराजुली, कीराको खोर सामुदायिक वन रुपा ६ का उपाध्यक्ष रामचन्द्र सापकोटा, लामपाटा सामुदायिक वनका रुपा ६ का अध्यक्ष  सीता अधिकारी लगायतले आ आफ्नो धारणा राखेका थिए।

Related News

सम्बन्धित समाचार

    • आमाको स्मृतिमा बास्तोला परिवारको अक्षयकोष

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पोखरा ११, फूलबारीका रामचन्द्र बास्तोला र कृष्णप्रसाद बास्तोला (राजु) ले आमाको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । उनीहरुले…
    • विश्व हिन्दू महासंघको पोखरामा महायज्ञ तयारी

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । विश्व हिन्दू महासंघ राष्ट्रिय समिति कास्कीको आयोजनामा ॐकार सनातन वैदिक धर्म संकल्प महायज्ञ एवं श्रीमद्भागवत् धर्म जागरण विराट…
    • पोखरामा खसी बजारमा अनुगमन

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । चाडपर्वमा उपभोक्ता ठगिएको गुनासा आएपछि पोखरा महानगरले बजार अनुगमन सुरु गरेको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा…
    • पाल्पाली समाज पोखराको शुभकामना आदानप्रदान

      आदर्श समाज सम्वाददाता असाेज २५, २०७८
      पोखरा । पाल्पाली समाज पोखराले दसैं, तिहार, नेपाल संवत, छठ अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्व…
    • मेयर मानबहादुर जिसी पोखरा फर्के

      आदर्श समाज सम्वाददाता असाेज २३, २०७८
      पोखरा, २३ असोज । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी झण्डै २ महिनाको उपचारपछि पोखरा फर्केका छन् । उनी शनिबार पोखरा…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post