पोखरा, ६ चैत । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति कास्कीको आयोजनामा एकल लोकगायन प्रतियोगिता अडिसन राउण्ड पोखरामा सोमबार सम्पन्न भएको छ।
अडिसनमा अभिषेक आचार्य, समीक्षा अधिकारी, स्मृति सुनार, उमेश अधिकारी, कृष्ण भट्टराई, ऋतु परियार, आयुष परियार, अञ्जु पोखे्रल र स्वस्तिका तिमिल्सेनाले भाग लिएका थिए।
जसमा आयुष परियार, उमेश अधिकारी र स्मृति सुनार दोस्रो चरणमा प्रवेश गरेका छन्। वैकल्पिका स्वस्तिका तिमिल्सेना र ऋतु परियार परेका छन्।
प्रतिष्ठान प्रदेश ४ संयोजक तारापति सुवेदी प्रमुख निर्णायकमा रहेको अडिसनमा केन्द्रिय सदस्य जीवन दाहाल र कास्की सल्लाहकार पार्वती जिसी निर्णायक सदस्य थिए ।
उक्त अवसरमा प्रतिष्ठान नेपालका उपमहासचिव चोलेन्द्र पौडेल, केन्द्रिय सदस्य जीवन दाहाल, पूर्व केन्द्रिय सदस्य श्रीराम अधिकारी लगायतले शुभकामना मन्तव्य दिएका थिए। प्रतिष्ठान कास्की अध्यक्ष प्रेमराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिताका संयोजक टेक क्षेत्रीले स्वागत र सचिव ज्ञानेश्वर सुवेदीले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
मिस नेपालको पोखरा अडिसन आज
वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता
मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१