Worldlink ads

मुख स्वास्थ्यमा जोड

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४
health

पोखरा, ६ चैत। ‘सफा मुख र सफा स्वास्थ्य’ नारा सहित पोखराका निजी तथा सरकारी अस्पतालमा कार्यरत दन्त चिकित्सकले विविध कार्यक्रम गरी मंगलबार मुख तथा दाँत दिवस मनाएका छन्।

र्‍यालीका सभागीले सचेतनामूलक प्ले कार्ड बोकेका थिए । र्‍याली पोखराका विभिन्न भाग परिक्रमा गरी गण्डकी मेडिकल कलेजको प्रा·णसम्म पुगेको थियो ।

कार्यक्रममा गण्डकी मेडिकल कलेजका रवीन्द्रप्रसाद श्रेष्ठले मुख सफा हुँदा मानव स्वास्थ्यमा विभिन्न प्रकारका रोग लाग्ने भन्दै मुख नै पहिलेा द्वार भएकोले सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिए ।

दाँतमा समस्या आउँदा वा गिँजा तथा मुख संक्रमणका कारण चिनी रोग, मृगौला, मुटु र फोक्सो लगायत शरीरको महत्वपूर्ण अंगमा नकारात्मक असर देखिन सक्ने भएकोले मुख स्वास्थ्यमा विशेष ध्यान पुर्‍याउनु पर्ने सहभागी दन्त चिकित्सकले बताएका छन्।

दाँत मुख स्वास्थ्य राख्न बिहान बेलुका खान खाइसकेपछि राम्रोसँग पानीले कुल्ला गर्ने सम्भव भए ब्रस गर्ने, हरियो सागपात र रेसादार फलफूल तथा तरकारी मिस्रित पौष्टिक खाना खान सुझाएका छन्।

नेपाल डेन्टल एशोसिएशन गण्डकीका अध्यक्ष डा उमेश पराजुलीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा डा निर्मल लामिछाने, डा टुमाया घले लगायतले मन्तव्व राखेका थिए।

कार्यक्रम सञ्चालन नेपाल डेन्टल एशोसिएसन गण्डकीका सचिव डा कमल चपाईले गरेका थिए।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग