Worldlink ads

पोखरामा राष्ट्रिय नाटक महोत्सव हुँदै

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०७४
natak festival

पोखरा, ६ चैत । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा चैत ८ देखि १४ गतेसम्म राष्ट्रिय नाटक महोत्सव हुने भएको छ।

पोखरा गै्रहापाटनमा रहेको पोखरा थिएटरको गर्न्धर्व नाटकघरमा हुने उक्त महोत्सवमा विभिन्न ठाउँका १० नाटक मञ्चन गरिने पोखरामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशनन्दन झाले जानकारी दिए।

देशभरका रंगकर्मीलाई भेटघाट गर्ने अवसरसँगै नाट्य क्षेत्रमा भएका गतिविधिबारे जान्ने अवसर मिल्ने कार्यक्रम संयोजक पुष्कर गुरुङले बताए। नाटक महोत्सवको स्थानीय व्यवस्थापन पोखरा थिएटरले गर्नेछ ।

विश्व रंगमञ्च दिवसको अवसर पारेर नाटक महोत्सवको आयोजना गरिएकोले महोत्सवमा नाट्य क्षेत्रका बारेमा छलफल समेत हुने स्थानीय व्यवस्थापक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए।

महोत्सवमा पहिलो दिन र दोस्रो दिन थाङ्ला, तेस्रो र चौथो दिन एन्टिगोनी नाटक मञ्चन हुनेछ । यसैगरी भर्जिन कथा, नारी शिक्षा, जयगान, सान्नानीको सन्ते राजा, एक चिहान, पानिघट्ट, चाँदीको घेरा, सखी लगायत नाटक महोत्सवमा मञ्चन हुनेछन्।

महोत्सव अवधिभर हरेक दिन दिउँसो १ बजे र साँझ ५ बजे नाटक मञ्चन हुनेछ। आवश्यकता अनुसार सो समय थप्न सकिने पत्रकार सम्मेलनमा जनाइयो।

नाटक हेर्न विद्यार्थीको लागि १ सय र अन्यका लागि ३ सय र ५ सयको टिकट लाग्नेछ । महोत्सव उद्घाटन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन्।

Related News

सम्बन्धित समाचार

    • थमन परियार १७ औं स्मृति सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । स्वर्गीय थमन परियारको १७ औं स्मृति सभा शनिबार लेखनाथमा भएको छ । थमन परियार स्मृति प्रतिष्ठानले आयोजना गरेको…
    • लेखनाथ निर्माण व्यवसायी समितिमा प्रेम

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      लेखनाथ । लेखनाथ निर्माण व्यवसायी समितिको अध्यक्षमा प्रेमबहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभा…
    • विश्व हिन्दु महासंघमा विवाद

      आदर्श समाज सम्वाददाता कार्तिक ७, २०७८
      पोखरा । विश्व हिन्दु महासंघ राष्ट्रिय समिति नेपाल आन्तरिक विवादमा फसेको छ । विश्व हिन्दु महासंघको नाममा अर्को संस्थाले महायज्ञ…
    • आन्तरिक पर्यटकले आशा जगाएको पोखराको पर्यटन

      रासस कार्तिक ६, २०७८
      पोखरा । कोभिड–१९ कारण लामो समयदेखि सुनसान रहेको पोखराको लेकसाइडमा यतिबेला भने आन्तरिक पर्यटकले चहलपहल बढेको छ । सरकारले निषेधाज्ञा…
    • ढिकुरपोखरी समाज पोखराको सभा

      आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
      हेमजा । ढिकुरपोखरी समाज पोखराको १४ औं वार्षिक साधारणसभा भएको छ । शुक्रबार सभाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिका अध्यक्ष युवराज…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग