फिर्केखोला सिमाङ्कन शुरू

मापदण्डविपरीतका संरचनामा डोजर लगाइने

आदर्श समाज सम्वाददाता
चैत्र १, २०७४
firke (3)

पोखरा, ३० फागुन । पोखराको बीच भाग भएर बग्ने फिर्के खोलाको सिमाना छुट्याउन रेखांकन कार्य शुरु भएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाले वडा १८, सराङकोट फेदी अँधेरीकुनाबाट शुरु भई पस्र्याङ, मालेपाटन, बुलौंदी हुँदै फेवातालमा मिसिने फिर्के खोलाको सिमाना नापेर छुट्याउँदै रेखांकन गर्ने कार्य बुधबार बिहानबाट शुरु भएको हो ।

महानगरको मापदण्ड मिचेर निर्माण गरिएका भवन तथा संरचना हटाउन रेखांकन थालिएको महानगरले जनाएको छ । खोला संरक्षण तथा फुटट्रयाक बनाउने उद्देश्यका साथ महानगरपालिका यसरी अघि बढेको हो । फिर्के खोला किनारमा ५ मिटरको मापदण्ड तोकेर कुनै पनि संरचना बनाउन निषेध गरिएको छ । एक हप्ताभित्र सक्ने लक्ष्य राखेर फिर्के खोलाको रेखांकन शुरु गरिएको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । फेवातालमा मिसिने फिर्केको अन्तिम विन्दुबाट रेखांकन शुरु गरिएको र यो फिर्केको मुहान सराङ्कोटको फेदीसम्मै गरिने उनले बताए ।

महानगर प्रमुख जिसीले फिर्केको जमिन नमिच्नेलाई धन्यवादसहित बधाई र नमिच्नेलाई बिदाइ गरिने चेतावनी दिए । फिर्केको कहाँ, कसले र कति जमिन मिचेको पत्ता लगाएर रेखांकन गर्ने भन्दै उनले भने, ‘फिर्के खोलाको क्षेत्रफल कति हो, त्यसमा लागू गरिएको ५ मिटरको मापदण्ड पालना छ कि छैन, मिचेको हो भने कसले कति मिचेको हो भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई बिदाइ गरिन्छ ।’

जिसीले रेखांकन सकिएलगत्तै अल्टिमेटमसहितको १५ दिने सूचना जारी गरेर अतिक्रमित जग्गा छाड्न आग्रह गरिने र त्यसपछि पनि नहटाए महानगरपालिका आफैले डोजर लगाउने बताए । त्यसरी डोजर लगाउँदा लाग्ने खर्च सम्बन्धित व्यक्तिलाई नै तिराउने उनले बताए ।

पहिलो चरणमा फिर्केको रेखांकन सक्ने र त्यसपछि सेती नदीको पनि सिमाना रेखांकन र अतिक्रमित जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाइने प्रमुख जिसीले जानकारी दिए ।

यस्तै, बुलौदी खोलाको पनि रेखांकन गर्ने महानगरपालिकाले जनाएको छ । फिर्के र बुलौदी खोला अहिले ४ देखि ३४ मिटरसम्म फराकिलो छन् । खोलाको किनारबाट दुवैतर्फ ५/५ मिटर मापदण्ड लाग्न महानगरपालिकाले जनाएको छ । यी खोलामाथि कतिपय स्थानमा अतिक्रमण गरेर घर, समाज भवन, लायन्स क्लब, विद्यालय समेत बनेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पोखरा १० का सामुदायिक विद्यालयलाई स्टे्सनरी सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा १० ले वडाभित्र रहेका सामुदायिक विद्यालयलाई स्टेसनरी सामग्री वितरण गरेको छ । वडाभित्र रहेको ३ वटा सामुदायिक…
  • भुजेल समाजको रक्तदान

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । भुजेल समाज जिल्ला समन्वय समिति कास्कीले नव वर्षको उपलक्ष्यमा शनिबार खुला रक्तदान आयोजना गरेको छ । नेपाल आदिवासी…
  • स्पोर्टस् अवार्डमा सहयोग प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । गण्डकी प्रदेशका खेल संघ तथा क्लबका प्रतिनिधिले आठौं पोखरा स्पोर्टस् अवार्ड सघाउन प्रतिबद्धता जनाएका छन् । सोमबार नेपाल…
  • हेमजामा नागरिक आरोग्य कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख ११, २०८१
    पोखरा । पोखरा २५ हेमजामा वडाको स्वास्थ्य कार्यक्रमअन्तर्गतको नागरिक आरोग्य सुरु हुँदैछ । यसै सन्दर्भमा सोमबारदेखि प्रारम्भिक घरधुरी सर्वेक्षण सुरु…
  • ‘शक्ति र सत्तामा रहेकाको मात्रै इतिहास लेखिनुपर्छ भन्ने छैन’

    आदर्श समाज सम्वाददाता वैशाख १०, २०८१
    पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) का संघीय सल्लाहकार हुम तमुले इतिहास, दस्तावेज तथा सत्यतथ्यको आधारमा इतिहास लेखिनुपर्ने…

hero news full width