गल्याङ, ३० फागुन । गल्याङ नगरपालिका वडा ८ निवासी समाजसेवी सूर्यबहादुर श्रेष्ठ, वीरबहादुर श्रेष्ठ र प्रकाश श्रेष्ठले करिब २५ लाख रुपैयाँ’ बराबरको ३ रोपनी जग्गा विद्यालयलाई निःशुल्क रुपमा प्रदान गरेका छन् ।
तीनदोबाटेस्थित महेन्द्र दर्शन माध्यमिक विद्यालयले निर्माण गर्न थालेको चारकोठे पक्की भवन निर्माणका लागि विद्यालयलाई उक्त जग्गा प्रदान गरिएको हो । विद्यालयले आफ्नो नाममा नामसारी गरेर भवन निर्माणका लागि बुधबार एक कार्यक्रमबीच शिलान्यास तथा जग्गादातालाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नगरपालिकाका प्रमुख भूपराज अधिकारीले हरेक मानवलाई चेतनाको माध्यमबाट परिर्वतन गर्न सक्ने भनेको शिक्षा भएकाले शिक्षाको विकासले मात्रै समाज निर्माण अभियानले गति लिने कुरा बताए। उनले गल्याङ नगरपालिकाले शिक्षा ऐन पास गरेर प्रभावकारी शिक्षा नीतिका अगाडि बढेको र शिक्षालाई प्रभावकारी बनाउने बताए ।
कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामप्रसाद भण्डारी, गल्याङ नगरपालिका वडा १० का वडा अध्यक्ष धु्रव शर्मा पंगेनी, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्वण श्रेष्ठ, गल्याङ नगरपालिका शिक्षा शाखा प्रमुख अग्निप्रसाद बस्याल, जग्गादाता सूर्यबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति सदस्य रेशमराज उपाध्याय, कँडेल नरबहादुर रानामगर, विद्यालयका पूर्व प्रअ एवम् नेपाल आदर्श माध्यमिक विद्यालय वालिङका प्रिन्सिपल होमकान्त गौतम, जानकी माध्यमिक विद्यालयका सहायक प्रअ ऋषिराम भण्डारी, रामराज्य आधारभूत विद्यालयका प्रअ अर्जुन गैह्रे, चण्डिका आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर नेपाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा निःशुल्क जग्गा प्रदान गर्ने सूर्यबहादुर श्रेष्ठ, वीरबहादुर श्रेष्ठ, प्रकाश श्रेष्ठलाई सम्मान गरिएको थियो । विद्यालयका प्रअ कुलान्नद खनालले ६७ लाख ८९ हजार ७ सय २९ रुपैयाँ बराबरको आयव्याय प्रस्तुत गरे ।
उनले जिल्ला शिक्षा कार्यालय स्याङ्जाले उपलब्ध गराएको ३६ लाखको लागतमा ४ कोठे पक्की भवन निर्माण गरिने कुरा बताए । कार्यक्रममा विभिन्न आमा समृह क्लब तथा विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको विद्यालय स्रोतले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेकप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य प्रअ कुलान्न खनाल र सञ्चालन शिक्षक कृष्णप्रसाद उपाध्यायले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९