यस्तो छ अन्तर्राष्ट्रिय विमान कम्पनीको दुर्घटना

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७४

नेपालमा पहिलो अन्तर्राष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो। सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुर्इ जनाले ज्यान गुमाएका थिए। यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुर्इ विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो।

यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो। सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा पर्‍यो र १५७ जनाले ज्यान गुमाएका थिए।

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा पर्‍यो र पाँच जनाले ज्यान गुमाएका थिए। सन् २०१४ मा अवतरणको क्रममा र्टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन।

पटक/पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ। सरकारले पछिल्लो दुर्घटना छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। आयोगका सदस्यमा प्रमुख सेनानी डा राजीवदेव तथा क्याप्टेन त्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्य सचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width