पोखरा, २९ फागुन । पोखरा-१०, रामाघाट पल टासी छ्योलि· गोपाल गुम्बाका प्रमुख गुरु गोपाल गुरुङको अध्यक्षतामा लामा पोशाक वितरण गरिएको छ ।
कार्यक्रममा लामा उगेन गुरुङ र पेमो ढोर्जे आचार्य लगायत ६० जना लामाले अष्टमंगल वाचन गराएका थिए। ब्रेज मेश्रो घान्द्रुक समाजका अध्यक्ष हितकाजी गुरुङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै छ्यौ तुल रिपोन्छे गुरुलाई दर्शन गर्ने शुभअवसर पाएकोमा धन्यवाद व्यक्त गरेका थिए।
तमु धिंका युके तथा बीबीसी युकेका सल्लाहकार खुशीमान गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सुरेश गुरुङ दम्पत्तिले गुम्बा स्कूलका लामा विद्यार्थीलाई लामा पोशाक वितरण गरेका थिए।
१ लाख ८० हजार बराबरको पोशाक ६० जना लामा विद्यार्थीलाई वितरण गरेका थिए।
शान्ति र सुरेश गुरुङले अगामी दिनमा यस्तै प्रकारको सहयोग गरिरहने प्रतिबद्धता गरेका थिए।
कार्यक्रममा स्वागत लामा फूर्वा गुरुङ र सञ्चालन गुम्बाका सचिव लालबहादुर गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
hero news full width
मुख्य समाचार
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१