मुक्तिनाथको काठमाडौंमै ९ शाखा

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७४

पोखरा, २९ फागुन । मुक्तिनाथ विकास बैंकले काठमाडौं उपत्यकाभित्र नवौं शाखाको रुपमा चावहिलमा शाखा सञ्चालनमा ल्याएको छ।

शाखाको औपचारिक उद्घाटन नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेशबहादुर थापाले मंगलबार गरे ।

प्रमुख अतिथि थापाले मुक्तिनाथले लिएको वित्तीय मोडल र प्रगतिले गर्दा यो बैंक एक गतिशील र विश्वासिलो संस्थाका रहेको बताए।

अध्यक्ष एवं बैंक संचालक समिति सदस्य गजेन्द्रमान श्रेष्ठले वित्तीय सेवाको स्तर ग्राहकको सन्तुष्टिले मात्र मापन गर्न सकिने बताए । उनले बैंकको स्थापनाकालदेखि हालसम्ममा वृद्धि भएको ग्राहक संख्याले मुक्तिनाथ विकास बैंकको सेवाप्रति ग्राहक सन्तुष्ट भएको मान्न सकिने बताए ।

प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको बारेमा मन्तव्य राखेका थिए । उनले बैंकको आधुनिक बैंकि· तथा लघुवित्त कार्यक्रमबाट कृषिको उत्पादनमा जोड दिइने जानकारी दिए ।

उद्घाटन समारोहमा काठमाडौ महानगरपालिका प्रदेश ७ का वडा अध्यक्ष शुद्धकुमार डंगोलले अनुशासित वित्तीय सेवा प्रदान गर्न सुझाव दिए।ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष डा सुवास घिमिरले मानवको स्वास्थ्यसँगै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न सकिने बताए।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीसँग बैंकको पनि सहकार्य आवश्यक रहेको बताउँदै कृषि क्षेत्रलाई प्राथमिकता दिन अनुरोध गरेका थिए।

बैंकका संचालक समिति सदस्य नारायणकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।

बैंकको हाल ७४ वटा शाखा सञ्चालनमा छन् । काठमाडौ उपत्यकामा महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर र भक्तपुरको कमलविनायकमा शाखा सञ्चालनमा आइसकेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width