लमजुङ, २८ फागुन। लमजुङमा सिभिल बैंकको दुर्इ शाखाको उद्घाटन गरिएको छ।
बैंकलेे दूधपोखरी गाउँपालिका- ६, गौंडामा ५६ औं शाखाको रूपमा तथा क्व्होलासोंथर गाउँपालिका- २, मालिङमा ५७ औं शाखा सञ्चालनमा ल्याएको हो । शाखाको नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले ५६ औं शाखा उद्घाटन गरेको भोलिपल्ट अर्को शाखा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा उनले हरेक नागरिकको बैंक खाता खोल्नुपर्ने आवश्यकताबारे औंल्याए।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक उन्नतिको लागि बैंकिङ सेवा अत्यावश्यक रहेको बताए। स्थानीय तहको विकट क्षेत्रमा सिभिल बैंकले आफ्नो सेवा विस्तार गर्न सकेको भन्दै उनले स्थानीयलाई स्थानीय तहसम्मै बैंकिङ सेवा दिनेक्रममा शाखा विस्तार गरिएको बताए।
कार्यक्रममा रागिनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङ, क्व्होलासोंथर गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर घलेले हालसम्म वित्तीय पहुँच नपुगेको आफ्नो गाउँपालिकामा सिभिल बैंकले शाखा खोलेर सेवा विस्तार गरेकोमा खुशी ब्यक्त गरे। बैंकले चालु आवको दोश्रो चौमासमा २१ करोड ६५ लाख खुद नाफा कमाउन सफल भएको जनाएको छ। बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थपशाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने जनाएको छ ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९