काठमाडौँ, २६ फागुन। आइसिसी विश्वकप क्रिकेट छनोट प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
शनिबार भएको तेस्रो खेलमा नेपाल अफगानिस्तानसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १९५ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३८.४ ओभरमा चार विकेटको क्षतिमा भेटायो । अफगानिस्तानका लागि नाजिबुल्लाह जादरन ५२ रनमा नटआउट रहे, भने रहमत शाहले ४६, मोहम्मद नाबीले ३४, जावेद अहमदले २६ र कप्तान रसिद खानले २१ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अल आउट हुँदै १९४ रन जोडेको थियो ।
नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको उत्कृष्ट पारी खेले पनि अन्य व्याट्सम्यानले खेल्न नसक्दा सस्तैमा समेटिन पुग्यो । ८२ बल खेलेका कप्तान खड्काले एक छक्का र १० चौकाको मद्दतले ७५ रन बनाए । यस्तै, दीपेन्द्र सिंह ऐरीले ३२, उपकप्तान ज्ञानेन्द्र मल्लले २३ रन बनाए भने अनिल साह सात रनमा आउट भएका थिए । त्यसैगरी, रोहितकुमार पौडेलले एक, आरिफ शेखले २३, सोमपाल कामीले नौ र करण केसी छ रन बनाएर आउट भए ।
अफगानिस्तानका मोहम्मद नाबीले चार तथा रसिद खानले तीन विकेट लिए । नेपालले अर्को खेल आगामी सोमबार हङ्कङसँग खेल्नेछ । नेपालले यसअघि जिम्बाब्वे र स्कटल्याण्डसँग हार बेहोरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
ढोलाहिटीलाई फुटबल उपाधि
बुद्ध विशालको फुटसल प्रतियोगिता
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१