राष्ट्रपति निर्वाचनलाई मौन अवधि

आदर्श समाज सम्वाददाता
फागुन २७, २०७४

काठमाडौँ, २६ फागुन :  राष्ट्रपतिको निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ । सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले सो पदमा मतदान गर्नेछ । आयोगले शनिबार सो निर्वाचनको सञ्चालन र व्यवस्थापनका लागि मतदान अधिकृत र सम्बन्धित कर्मचारीलाई तालीम दिएको छ । यसैबीच, आयोगले अन्तिम मतदाता नामावलीमा समावेश नभएका निर्वाचक मण्डलका सदस्यले मतदान गर्न नपाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति जारी गरी यही फागुन २२ गते अन्तिम नामावली प्रकाशित भएको जनाए । नामावली प्रकाशित भइसकेपछि शपथ लिएका राष्ट्रियसभामा मनोनीत तीन सदस्यले मतदान गर्न पाउने छैनन् ।

Related News

सम्बन्धित समाचार

hero news full width