स्वतन्त्रको स्थापना दिवसमा अन्तर्किया

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७४

पोखरा, २४ फागुन। स्वतन्त्र पत्रकार संघ कास्कीले सातौं स्थापना दिवसको अवसर पारेर अन्तक्रिर्या कार्यक्रम गरेको छ।

कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार नारायण कार्कीले स्वतन्त्र पत्रकारितामा पेशागत मानमर्यादाको संरक्षण हुने बताए।

कार्कीले हिजो राजनीतिक आवरणमा हुर्केका पत्रकारको नजरमा स्वतन्त्रको हैसियत नदेख्नेको विचारमा आज आमूल परिवर्तन आएका कारण स्वतन्त्र पत्रकारप्रति सबैको चासो बढ्दै गएको धारणा व्यक्त गरे।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, उपाध्यक्ष शान्ति राणा, दीननाथ बराल लगायतले बोलेका थिए।

वक्ताले स्वतन्त्र पत्रकार संघका कार्यक्रमले पृथक पहिचान बनाइसकेकाले स्वतन्त्र पत्रकारिता गर्दा छुट्टै सुखानुभूति हुने बताए।

संघका अध्यक्ष कृष्ण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृष्ण रानाभाटले स्वागत र सचिव असफल गौतमले सञ्चालन गरेका थिए।

२०६८ फागुन २४ गते स्थापना भएको संघले १३ जिल्लामा शाखा बिस्तार गरेको छ।

Related News

सम्बन्धित समाचार

  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…
  • भारतद्वारा ३५ एम्बुलेन्स र ६६ स्कुल बस उपहार

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । भारतीय राजदूतावास, काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थालाई ३५ एम्बुलेन्स र…

hero news full width