पोखरा, २४ फागुन । इञ्जिनियरिङका विद्यार्थीको प्रयोगात्मक अभ्यासलाई जोड दिन पोखरा इञ्जिनियरिङ कलेजले बिहीबारदेखि छैटौं पेक इञ्जिनियरिङ एक्स्पो थालेको छ ।
मेला उद्घाटनमा बोल्दै पोखरा लेखनाथ महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई प्रविधिमैत्री शहर बनाउने बताए । उनले विज्ञान र प्रविधिका क्षेत्रमा काम गरेका कलेजसँग सहकार्य गरेर प्रविधिमैत्री शहर बनाउन पहल थाल्ने बताए ।
पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन वुद्धिराज जोशी, इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसका प्रमुख रामप्रसाद पौडेल, सिँचाइ डिभिजन कार्यालयका इञ्जिनियर तुलसी भट्टराई, कलेजका संस्थापक प्रिन्सिपल लेखबहादुर गुरुङ, कलेजका रिर्र्सच एण्ड डेभलपमेन्ट चिफ सरोज गिरी, विद्यार्थी प्रतिमा गुरागाईं, स्मृति बराल र विनायक पौडेलले बोलेका थिए । इञ्जिनियरिङ, विज्ञान तथा प्रविधिको नयाँ खोजमा सघाउने उद्देश्यले दुर्इदिने प्रदर्शनी गरिएको हो । विद्यार्थीले विकसित गरेका नयाँ प्रविधि उद्यमी तथा व्यवसायीबीच प्रस्तुत गर्न मेला आयोजना गरिएको प्रिन्सिपल गुरुङले बताए ।
प्रदर्शनीमा ४० भन्दा बढी परियोजना राखिने कलेजका व्यवस्थापक चिजकाजी गुरुङले जानकारी दिए । उनका अनुसार सार्वजनिक सवारीमा विद्यार्थी छुटको लागि प्रयोगमा ल्याइएका परिचयपत्र परीक्षण गर्ने मिस्टर स्क्यान, ट्राफिक बत्ती कन्ट्रोलर, विद्युतीय खपत रोक्ने प्रविधि, भूकम्पप्रतिरोधी भवनको नमूना लगायत प्रदर्शनीका मुख्य आकर्षणको रुपमा रहने छ ।
Related News
सम्बन्धित समाचार
७४ युनिट रगत संकलन
पोखरा वडा ७ मा पदस्थापना
दर्शन लामाले बाँडे पोशाक
अपांगता भएका र गरिब विद्यार्थीलाई प्रोत्साहन भत्ता
सुत्केरीलाई पोषण भत्ता दिइने
hero news full width
मुख्य समाचार
स्थानीय तह निर्वाचन : कुन दलका कति जनप्रतिनिधि ?
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
जेठ १४, २०७९गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
जेठ १२, २०७९