गुरुङ दम्पत्तिद्वारा वृद्वाश्रमलाई सहयोग

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७४
nabin help

पोखरा, २४ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा १२, शीतलादेवीका गुरुङ दम्पत्तिले पोखरा लेखनाथ महानगरपालिका वडा १७ सितापाइलास्थित पोखरा वृद्वाश्रमलाई सहयोग गरेका छन्।

८४ वर्षीय समाजसेवी तुलबहादुर गुरुङ र उनकी श्रीमती मुवा गुरुङले वृद्वाश्रमलाई २६ हजार ३ सय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।  उनीहरुले वृद्वाश्रममा रहेका ६२ जना वृद्वावृद्वालाई बुधबार बिहान एक छाक भोजन समेत गराएका थिए।

लामो समयदेखि बेलायत बस्दै आएका गुरुङ दम्पत्तिले विदेशमा वृद्ववृद्वाको अवस्था निकै राम्रो रहे पनि नेपालमा भने पीडादायी जीवन भोग्नुपरेको देखेर सहयोग गरेको बताए। उनीहरुले अरुलाई पनि वृद्वाश्रमलाई सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा वृद्वाश्रमका शिशिरकेशव पराजुलीले चारैतिरबाट प्राप्त भएको सहयोगबाट वृद्वाश्रम चलेको जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • प्रकट पगेनी ‘शिव’ को निधन

    आदर्श समाज सम्वाददाता वैशाख ४, २०८१
    पोखरा। गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा…
  • नयाँ वर्षमा एगाको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । इम्ब्रोइडरी एन्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराले नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना आदानप्रदान एवम् शैक्षिक सामग्री सहयोग गरेको…
  • दरौंखोला समाजको भित्तेपात्रो

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा दरौंखोला सामीप्य समाजको भित्तेपात्रो विमोचन एवं नयाँ वर्षको शुभकामना आदानप्रदान शनिबार पोखरामा गरिएको छ । स्याङ्जाको दरौंखोला आसपासबाट पोखरामा…
  • भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा ३३ पुडिटारस्थित भुलभुला देवी मन्दिरको परिसरमा निर्मित ट्रस्ट भवन एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । पोखरा ३३…
  • छोरेपाटन भूपू विद्यार्थीबीच शुभकामना

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । छोरेपाटन मावि भूतपूर्व विद्यार्थी मञ्चले नयाँ वर्षको अवसर पारेर शुभकामना आदानप्रदान गरेको छ । छोरेपाटन मावि विद्यालय व्यवस्थापन…

hero news full width