Worldlink ads

विद्यार्थीमा परजीवी परीक्षण

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७४
school photo

हेमजा, २४ फागुन।रिजनल कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी पोखरा-९, नयाँबजारको आयोजना तथा रिजनल हस्पिटल प्रालिको प्राविधिक सहयोगमा बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित धारापानी माध्यमिक विद्यालयमा परजीवी परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरमा ६० जना विद्यार्थीको परजीवी परीक्षण गरिएको थियो।जसमध्ये ७ जनामा परजीवीको जिवाणु भेटिएको बताइएको छ।

शिविरमा डा मनोज कोइराला, वरिष्ठ माइक्रोवायोलोजिष्ट कृष्ण गुरुङ, वरिष्ठ ल्याब टेक्निसियन सूर्यबहादुर रानाको समूहले परीक्षण गरेका थिए।त्यस्तै प्रशिक्षक शर्मिला पौडेलले जनस्वास्थ्य सम्बन्धमा सचेतना कक्षा दिएकी थिइन् । सो अवसरमा निःशुल्क रुपमा जुकाको औषधी समेत वितरण गरियो । रिजनल कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजीका कार्यक्रम निर्देशक चन्द्रकान्त पौडेलले कार्यक्रम उद्देश्यमाथि प्रकाश पारेका थिए भने वरिष्ठ माइक्रोवायोलोजिष्ट कृष्ण गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । विद्यालय प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ ल्याव टेक्निसियन सूर्यबहादुर रानाले परजीवी परीक्षणको नतिजाबारे बताएका थिए।

Related News

सम्बन्धित समाचार

    • गलकोटेलाई पोखराका अस्पतालमा छुट

      रासस कार्तिक ९, २०७८
      बागलुङ । जिल्लाको गलकोट भेगका सर्वसाधारणलाई पोखराका दुई अस्पतालले औषधि र उपचार सेवामा छुटको प्रबन्ध गरेका छन् । फेवासिटी र…
    • प्रतियोगिता पर्खिंदै युकेश

      धनबहादुर गुरुङ कार्तिक ९, २०७८
      पोखरा । पोखराका प्याराग्लाइडिङ पाइलट युकेश गुरुङलाई स्वेदश तथा विदेशको प्रतियोगितामाबाट निम्तो नआएको २ वर्ष बढी भयो । सन् २०१९…
    • त्रिनेत्रेश्वर शिव मन्दिरमा सम्मान

      आदर्श समाज सम्वाददाता कार्तिक ९, २०७८
      लेखनाथ । त्रिनेत्रेश्वर शिव मन्दिर पोखरा ३० शिशुवाले मन्दिरका विभिन्न गतिविधिहरुमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै शिशुवा सत्संग भजन भण्डलीलाई सम्मान…
    • ८० प्रतिशत फूल पोखरा आसपासमा नै उत्पादन

      रासस कार्तिक ८, २०७८
      गण्डकी । अधिकांश उत्पादनमा परनिर्भरता नै मौलिकता जस्तै बन्दै गएको वास्तविकतामा पोखरा फूलमा भने आत्मनिर्भर हुने क्रममा छ । तिहार…
    • पोखरा स्टिल फेब्रिकेटर्समा विश्व

      आदर्श समाज सम्वाददाता कार्तिक ८, २०७८
      पोखरा । पोखरा स्टिल फेब्रिकेटर्स एसोसिएसन कास्की अध्यक्षमा विश्वप्रसाद कर्माचार्य निर्वाचित भएका छन् । संस्थाको १४ औं अधिवेशन एवं २१…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads