पोखरा, २४ फागुन। १०८ औं नारी दिवसको उपलक्ष्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कास्कीले शुभकामना आदानप्रदान गरेको छ।
प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय आमन्त्रित सदस्य शिवप्रसाद चालिसेले महिलालाई उचित स्थान दिनुपर्छ भन्ने एकमात्र पार्टीराप्रपा भएको बताउँदै विचलित नभइकन अगाडि बढ्न आग्रह गरे। उनले महिला शक्ति एक भई संगठनप्रति दत्तचित्त भई लाग्न समेत आग्रह गरे। कार्यक्रममा कास्कीका अध्यक्ष जयलाल पुन, जिल्ला उपाध्यक्ष जगत सुवेदी, मिडिया नेपालका केन्द्रीय उपाध्यक्ष सूर्य बास्तोला, महिला नेतृ कुन्तीकुमारी गुरुङ, सीता जिसी, जिल्ला कोषाध्यक्ष रञ्जना सेन पौडेल लगायतले नारी दिवसको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गरेका थिए। राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष कृष्णकुमारी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विष्णु खड्का कार्कीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
भुलभुला देवीमा ट्रस्ट भवन उद्घाटन
hero news full width
मुख्य समाचार
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१